ताजा अपडेट

...


बाबुरामको ‘नयाँ शक्ति’ वस्तुतस् बुर्जुवा आदर्शवाद



राम बहादुर थापा बादल

जनयुद्ध प्रारम्भ गरेको दुई दशक नाघेको छ । जनयुद्धको पहलकर्ताहरुमध्येको एक जना प्रभावकारी नेता हुनुको नाताले तपाईंले ती दिनलाई कसरी स्मरण गरिरहनुभएको छ ?
जनयुद्ध, नेपालको इतिहासमा एउटा महान् राजनैतिक परिघटना थियो । दश वर्षको युगान्तकारी उथलरपुथलको क्रममा सर्वहारावर्गको नेतृत्वमा नेपाली जनताले विवेक र बलिदानका अभूतपूर्व कीर्तिमानहरु स्थापित गरे । दशौं हजार सपुतहरुले आºनो अमूल्य जीवनको आहुति दिए । हजारांैं बेपत्ता पारिए र हजारौं हजारले जेलमा कठोर यातनालाई हाँसी–हाँसी पचाए । परिणामतस् नेपाली जनयुद्ध विश्वभरिका उत्पीडितहरुका लागि आशा र प्रेरणाको स्रोत बन्यो ।
जनयुद्ध फगत् सैन्य अभियान थिएन । यो महान् विचारधारात्मक एवं सांस्कृतिक अभियान पनि थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि हावी रहदै आएको ंसंशोधनवादी तथा दक्षिणपंथी चिन्तनका विरुद्ध क्रान्तिकारी विचारको यो व्यावहारिक प्रयोग पनि थियो । जनयुद्धले करोडौं उत्पीडित वर्ग, लिङ्ग, जाति, क्षेत्र तथा समुदायहरुमा अतुलनीय क्रान्तिकारी जागरण पैदा गर्‍यो । गाउँरगाउँबाट सामन्त, दलाल तथा नोकरशाहका जराहरुलाई उखेलेर फालियो । युगौंदेखि दासत्वको जीवन भोग्न बाध्य जनताले पहिलो चोटी जनसत्तामार्फत् जनवादको उच्चतम अभ्यास गर्न पाए । फाल्गुण एक गते देशको पूर्व, पश्चिम र मध्य भागबाट उठेको झिल्को छोटो समयमा नै देशव्यापी रुपमा डढेलोमा परिणत भयो ।
जनयुद्ध साधन सम्पन्न शत्रुका विरुद्ध साधनविहीन जनताको अजेय अस्त्र बन्यो । यदि जनतासँग क्रान्तिकारी विचार तथा संगठन ९पार्टी, सेना र मोर्चा० छ भने विजय र मुक्ति संभव छ भन्ने कुरा दशवर्षे महान जनयुद्धले सुन्दर ढंगले स्पष्ट गरेको छ परन्तु आज महान् जनयुद्ध आºनो मिशन प्राप्त नगर्दै फगत् इतिहासको पानामा सीमित हुन पुगेको छ । तथापि नेपाली जनताको अभूतपूर्व वलिदान पूर्णतस् निरर्थक गएको छैन । राजतन्त्रको अन्त्य भएको छ । आंशिक एवं मात्रात्मक रुपमा भए पनि केही राजनैतिक परिवर्तन एवं सुधार भएका छन् ।



नेपाललाई नै उथलपुथल पार्ने गरी अगाडि बढेको शक्ति माओवादी आज टुक्राटुक्रामा विभाजित भएको छ । कस्तो महसुस हुन्छ ?
निश्चय पनि असीम पीडासहित यो तीतो सत्यलाई हामीले स्वीकार गर्नै पर्दछ । आज माओवादीहरु आधा दर्जन भन्दा बढी टुक्राहरुमा विभाजित भएका छन् । हिजो धरती आकाश हल्लाउने माओवादीहरुको छवि जनताको मानसपटलमा एउटा चमत्कारी नायकरनायिकाको रुपमा अंकित थियो । आज त्यो खलनायकरखलनायिका, विदुषक९जोकर० वा एउटा उपेक्षित एवं अविश्वसनीय पात्रको रुपमा बदलिएको छ ।
आखिर माओवादीहरुको यो दयनीय एवं हास्यास्पद अवस्था किन भयो रु यसको मुख्य कारण माओवादीहरुले आफूभित्र नै खोज्नु पर्दछ । नेतृत्व पंक्तिमा देखापरेको वैचारिक विचलन तथा मनोगतवाद नै यो अवस्थाको निर्णायक कारक हो । राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासाग संबन्धित पार्टीले अवलम्बन गर्दै आएको मूल कार्यदिशाको परित्याग ९विचलन० र समयानुकूल उक्त कार्यदिशाको विकासको अभाव ९मनोगतवाद० का कारण माओवादीमा फूट तथा क्रान्तिमा गतिरोध देखापर्‍यो । निसन्देह आज संसदवाद तथा संसोधनवाद पुनस् हावी भएको छ । परन्तु नेपाली समाजमा उपरोक्त समस्याहरु आधारभूतरु रुपमा समाधान भएका छैनन् । त्यसैले, माओवादीहरुमा देखापरेको वैचारिकरराजनैतिक विचलनको निर्मम भण्डाफोर र जड्ता तथा मनोगतवादका विरुद्ध विचार एवं कार्यदिशाको समृद्धीकरणद्वारा नै माओवादीहरुको अवस्थालाई नयाा उचाईमा पुनस्स्थापित गर्न सकिन्छ ।

माओवादी पुरानो भयो भन्दै जनयुद्धका पहलकर्ताहरुमध्येका एक नेता बाबुराम भट्टराईले ‘नयाा शक्ति’ निर्माण गर्नुभएको छ । माओवादीहरु तितरबितर हुनुमा कतै बाबुरामले भने जस्तै विचार र विधि पुरानो भएर त हैन ?
बाबुराम भट्टराईले राजनैतिक रुपमा लोकतान्त्रिक क्रान्ति पूरा भएको निष्कर्ष निकाल्दै अब ‘समाजवादी’ क्रान्ति गर्ने उद्घोष गरेका छन् । र, त्यसको निम्ति आर्थिक क्रान्ति आवश्यक रहेको ठहर गरेका छन् । समाजवादी क्रान्तिका लागि मालेमावादी दर्शन पुरानो भएको संश्लेषणसहित त्यसको परित्याग समेत गरेका छन् । समाजवाद शान्तिपूर्ण संघर्ष र पहलबाट यही राज्यसत्ता र व्यवस्थाको गर्भबाट पैदा हुने ठोकुवा समेत गरेका छन् । बाबुरामका उपरोक्त संश्लेषणहरु विरोधाभासपूर्णरहास्यास्पद प्रकारका छन् ।
यी प्रस्थापनाहरुले बाबुराम मालेमावाट विचलित भएर नाङ्गो बुर्जुवा आदर्शवादमा पतन भएको स्पष्ट गर्दछन् । बाबुरामको ‘नयाँ शक्ति’ वस्तुतस् बुर्जुवा आदर्शवाद, संसदवादरसुधारवाद तथा अराजकतावादको नयाँ संस्करण हो । बाबुराम बुर्जुवा दृष्टिकोणका कारण नयाँ जनवादी क्रान्तिको निर्णायक विन्दुसम्म पुग्न संभव थिएन । बुर्जुवा गणतन्त्र उनको अन्तिम गन्तव्य थियो । त्यसको सुदृढीकरण र संरक्षण गर्नु नै नयाा शक्तिको ऐतिहासिक कार्यभार हो । त्यसैले बाबुरामजीले मालेमाको आवरण बाधक भएकाले त्यसलाई तिलाञ्जली दिएका हुन् परन्तु संशोधनवादीहरुले ९राजनैतिक लाइन उही भए पनि० त्यसको आवश्यकता अझै रहेको ठानेका छन् ।
जहाासम्म क्रान्तिकारी कम्युनिष्टहरुको प्रश्न हो, मालेमाका आधारभूत प्रस्थापनाहरुको रक्षा गर्दै, त्यसको समय सापेक्ष समृद्धीकरण गर्नु आजको ऐतिहासिक कार्यभार हो । कम्युनिष्ट आन्दोलन तथा जनवादी एवं समाजवादी सत्ताहरुको विघटन एवं असफलताहरुले यो आवश्यकतालाई स्पष्ट गरेका छन् । हाम्रो पार्टीले राष्ट्रिय सम्मेलनमार्फत् यो कार्यभारलाई पूरा गर्ने निर्णय गरेको छ ।

संविधानसभा र सरकारमा रहेको माओवादी पनि कमजोर रहेको अवस्था छ । संविधान निर्माण गर्ने र सरकार चलाउने नेताहरुलाई नै द्वन्द्वकालीन मुद्धाको तरवार अदालतले टाउकोमा झुण्ड्याइदिएको छ । जनताको पक्षमा हिजो गरेका प्रतिबद्धताहरु सरकारमा रहेर पूरा गर्ने कुनै सम्भावना देखिएको छैन । सडकमा रहेको माओवादीले पनि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यो स्थितिबाट माओवादीलाई नयाा ढंगले लग्न जनयुद्धका प्रमुख पहलकर्ताहरुबीच समीक्षा गरेर जान ढिलो भएको महसुस गर्नुभएको छैन ?
दसवर्षे महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनहरु तथा वर्गसंघर्षहरुको कुल परिणामको रुपमा निरंकुश राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना त भयो तर राज्यसत्ताका मूल अवयवहरुको ध्वंश भएको छैन । राज्यसत्ताको वागडोर र नेतृत्व मुख्यतस् सामन्त जमिन्दारको हातबाट दलाल एवं नोकरशाह वर्गमा हस्तान्तरित भएको छ । सामन्तरजमिन्दारहरु पृष्ठभागमा धकेलिएका छन् । सेना, प्रहरी, प्रशासन, अदालत ज्याूका त्याू छन् । राजनैतिक क्रान्तिको ऐतिहासिक अर्थ प्रतिक्रियावादी वर्गको हातबाट श्रमजीवीरउत्पीडित वर्गको हातमा सत्ता हस्तान्तरण हो । अझ ठोसरुपमा भन्ने हो भने विधमान नोकरशाही तन्त्रको ध्वंशमा नयाा नोकरशाहीतन्त्रको स्थापना नै ‘क्रान्ति’ हो । माओवादीहरुको टाउकोमा द्वन्द्वकालीन मुद्दाहरुको तरवार झुण्डाउनुले राज्यसत्ता तथा व्यवस्थाको स्वरुप प्रतिक्रियावादी नै रहेको स्पष्ट गर्दछ । प्रतिक्रियावादी राज्यसत्तारसरकाररसदनको क्रान्तिको तयारीका लागी उपयोग गर्नु एउटा पक्ष हो परन्तु त्यो संयन्त्रबाट जनतामा गरिएका प्रतिबद्धताहरु पूरा गर्नु नितान्त असंभव कुरा हो । अहिले प्रतिक्रान्ति हावी भएको ठोस परिस्थ्तििमा सरकार, सदन र सडकबाट नयाँ ढंगले जनविद्रोहको तयारी गर्ने अवस्था हो ।
निश्चय पनि, आजको प्रतिकूल परिस्थितिलाई चिर्न माओवादीहरुले गंभीर आत्मसमिक्षा गर्दै, नयाा आधारमा माओवादीहरुलाई एकीकृत गरी क्रान्तिलाई अघि बढाउन ढीलो भएको छ । आशा गरौं, सम्बन्धित सबै पक्षहरुले आºनो पहलकदमीहरुलाई तीव्र पार्दै इतिहास, जनता तथा कार्यकर्ताका अपेक्षाहरुलाई अविलम्ब पूरा गर्ने छन् । पछिल्लो समयमा यो दिशामा केही सकारात्मक प्रगति पनि भएको छ ।

आमूल परिवर्तनको पक्षमा लडेका माओवादीहरुलाई अगाडि जाने शर्तमा तत्काल एकताबद्ध भएर जान के ले अवरोध गरिरहेको हो त ?
पार्टी एकताको प्रश्न मूलतस् वैचारिक एवं रणनैतिक महत्वको सवाल हो । यसलाई विशुद्ध चुनावी कार्यनीतिको प्रश्न ठान्नु हुन्न । पार्टी वस्तुतस् यो या त्यो वर्गको विचारधारात्मक एकरुपताको सांगठनिक अभिव्यक्ति हो । भिन्नभिन्न विचार एवं वर्गआधार भएका समूहहरुबीच ‘संयुक्त मोर्चा’ निर्माण हुन सक्तछ । कम्युनिष्ट पार्टीको भनेको सर्वहारावर्गको अग्रदस्ता हो । वर्गविहीन समाजको स्थापनासाग यसको विलोपीकरण भएर जान्छ । जनवादी या समाजवादी क्रान्तिसम्म मात्र यसको संबन्ध सीमित हुदैन ।
माओवादीहरुको एकीकरणरपुनर्गठनरध्रुवीकरणको मार्गमा भित्र र बाहिरका भिन्न–भिन्न विचार एवं प्रवृत्तिहरुले अवरोध खडा गरिरहेका छन् । निश्चय पनि बाह्य कारण सहायकरगौंण भए पनि माओवादीहरुको विभाजन एवं एकीकरणमा यसले असामान्य भूमिका खेल्यो र खेलिरहेको तथ्यहरुलाई पूर्णतस् अस्वीकार गर्न सकिन्न । हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै खाले निरपेक्षतावादी प्रवृत्ति र अकर्मण्यतावादी चिन्तनको खण्डन गर्दै सिद्धान्तनिष्ठ एकताको नीति नै सही भएको ठहर गरेको छ । यसको निम्ति पार्टीले एकताबारे ६स् बुँदे मार्गचित्र प्रस्तुत गरेको छ ।
विशेषतस् एमाओवादीको संदर्भमा पार्टी एकताको प्रकृयालाई निरन्तरता दिने र यथाशीघ्र यसलाई सार्थक निष्कर्षसम्म पुर्‍याउने केन्द्रले निर्णय गरेको छ । नेपाली समाजको वर्ग विश्लेषण, आधारभूत एवं प्रधान अन्तरविरोध, राजनैतिक शक्तिहरुको विश्लेषण, उक्त आधारमा राज्यसत्ता तथा संसदीय व्यवस्थाको स्वरुपको निक्र्यौल, विद्यमान संविधानका अन्तर्वस्तु र स्वरुपको प्रश्न, राष्ट्रियता मुख्यतस् भारतीय विस्तारवादबारे, जनवादरसमाजवाद तथा संयुक्त मोर्चाको प्रश्न आदि विषयमा मूर्तरुपमा समान धारणा बनाउन अझ केही दूरी बाँकी छ । निश्चय पनि गोयवल्सहरुको प्रचारले यो दूरीलाई बढाउन केही हदसम्म भूमिका निर्वाह गरिरहेको छ । कतिपय तत्वहरुले यसलाई आºनो निहित स्वार्थ पूर्ति गर्ने ‘वार्गेनिङ्ग’को वस्तु बनाएका छन् । आशा गरौं, अन्ततस् क्रान्तिकारी प्रवृत्ति विजयी हुनेछ । माओवादीहरु प्रतिक्रियावादको निम्ति निर्णायक चुनौति बन्नेछन् ।

अबको राजनीति कसरी अगाडि बढ्ला ?
नेपाली समाजका आधारभूत अन्तरविरोधहरु समाधान भएका छैनन् । राष्ट्रियताको समस्या (आन्तरिक र बाह्य) झन विकराल बन्दै गएको छ । पछिल्लो भारतीय नाकाबन्दी त्यसको पराकाष्ठा हो । नेपाललाई अस्थिर एवं विखण्डन गर्न बाह्य शक्तिहरु ‘क्रिमियाको मोडल’ अनुसार अघि बढिरहेका छन् । देशको युवा तथा श्रमशक्ति जीविकाको निम्ति विदेशमा पलायन हुन बाध्य भइरहेका छन् । मजदुर, किसान तथा उत्पीडित समुदायको हातमा अझै राज्यसत्ता अर्थात् वास्तविक जनतन्त्र आएकै छैन । माओवादीहरुलाई विभाजित गरिएको छ, अब उनीहरुलाई पूर्णतस् ध्वस्त पार्ने अभियान छेडिएको छ । त्यसमाथि महाभूकम्पको त्रासदी तथा भारतीय विस्तारवादको अमानवीय नाकाबन्दीबाट देश थिलो–थिलो भएको यो विषम परिस्थितिमा नेपालका सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण कदम उठाउने साहस गर्नै पर्दछ । समयबद्धबाट

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.