ताजा अपडेट

...


रातह कोष स्थापना



ईन्द्रेणी सम्वाददाता
दाङ, ९ फागुन
देउखुरीको राजपुर १ फोहरा गाउँका अग्नि पिडितहरुको सहयोगार्थ राहत कोष स्थापना गरिएको छ । पिडितहरुलाई सहयोग पु¥याउने उदेश्यले गाबिसको तर्फबाट एक लाख रुपैयाँको राहत कोष स्थापना गरिएको गाबिस सचिब तुलसीराम खड्काले जानकारी दिनुभयो ।


साथै गाबिसले उक्त राहत कोषमा आर्थीक सहयोग गर्न सबैलाई आग्रह पनि गरेको छ । केहिदिन अघि भएको आगलागिबाट १३ परिवारका २५ घर, २४ गोठ, ३ वटा शौचालय र ३० वटा परालका टौवा नष्ट भएका थिए ।

मायाराम यादवको घरबाट सल्कीएको आगोले यादव बस्ती नै सखाप पारेको थियो । आगलागिबाट नगद, गहना र जिन्सी गरि ६३ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागिबाट बिस्थापित भएकाहरु छिमेकी र आफन्तको घरमा बस्दै आएका छन ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.