इन्द्रेणी सम्बाददाता
दाङ, ९ फागुन
दाङका संयुक्त बिद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका छन् । एमाले निकट अखिल, एमाओबादी निकट अखिल क्रान्तिकारी, बैद्य माओवादी निकट अखिल क्रान्तिकारी र बिप्लब माओबादी निकट अखिल क्रान्तिकारीले एक संयुक्त बिज्ञप्ती जारी गरि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन् । शिक्षा कार्यालय र सरोकारवाला निकायले बिद्यार्थीको शैक्षिक मागप्रति चासो नदेखाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।
पहिलो चरणमा शिक्षा कार्यालय र बिद्यार्थी संगठनबिच बिगतमा भएका सहमति कार्यान्वयनको स्मरण गर्न आग्रह गर्दै उनिहरुले बिद्यार्थीका शैक्षीक माग सम्बोधन नभए अनिश्चितकालिन बिद्यालय बन्द सम्मका आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न बाध्य हुने उल्लेख गरेका छन । यस्तै, जिल्लाको पद्यमोदय पब्लीक उमावि लगाएत केहि सामुदायीक बिद्यालयहरुले गुणस्तरीय शिक्षाको नाममा बिद्यार्थीबाट चरम शुल्क लिएको, घोराहीकै गुरुकुल बोर्डीङले नयाँ शैक्षीक पद्धतिको बाहानामा चरम शुल्क लिएको बिद्यार्थी संगठनद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै, प्यावसन र ऐन प्याबसन अन्तर्गतका बिद्यालयहरुले असान्दर्भिक तबरबाट कम्यूटर शिक्षाको बाहानामा पाँच सय रुपैंया देखि ८ सय रुपैंया सम्म अशुलेको बिप्लब निकट अखिल क्रान्तिकारीका जिल्ला सचिब मदन केसीले जानकारी दिनुभयो । बिज्ञप्तीमा बिद्यार्थी संगठनलाई संगठन बिस्तार गर्ने अधिकारमा केहि बिद्यालयले रोक लगाएकोप्रति आपत्ती जनाईएको छ । बिद्यालयमा बिद्यार्थीमाथि निर्मम तरीकाले कुटपिट गरि बिद्यालयले आर्थीक चलखेल गरि गोप्य तरीकाबाट घटनाको निराकरण गरिएको संयुक्त बिद्यार्थि संगठनद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख छ ।
जिल्ला स्तरीय शुल्क निर्धारण समिती गठन गर्न समेत बिद्यार्थी संगठनले आग्रह गरेका छन् । बिज्ञप्तीमा अखिलका सचिब गोपाल रेग्मी, बैद्य माओबादी निकट अखिल क्रान्तिकारीका सचिब घनश्याम पुन, एकिकृत माओबादी निकट अखिल क्रान्तिकारीका सम्मेलन आयोजक समितिका सदस्य जंगबहादुर रोका र विल्लब माओबादी निकट अखिल क्रान्तिकारीका जिल्ला सचिब मदन केसीले हस्ताक्षर गर्नुभएको छ ।।