दाङ १३ फागुन
रुकुमेली एकता समाज दाङले दाङदेखि सल्यान हुँदै रुकुम पुग्ने गाडिको भाडा घटाउन माग गरेको छ । समाजका अध्यक्ष महेन्द्र बुढाथोकीद्धार विहिवार हस्ताक्षरित बिज्ञप्तीमा यस्तो माग गरिएको हो । बिज्ञप्तीमा दाङदेखि सल्यान हुँदै रुकुम पुग्ने गाडिहरुले सरकारले तोकेभन्दा महंगो भाडा लिएको भन्दै घटाउन माग गरेको उल्लेख गरिएको छ ।
राप्ती लोकमार्ग कालोपत्रे भएपछि गाडि भाडा कच्चि भन्दा थोरै घटेको र सरकारले तोकेभन्दा धेरै भएकाले यात्रुबर्गमा पर्न गएको मारलाई मध्यनजर गर्दै घटाउन माग गरिएको छ । राप्तीमा रहेका सम्पूर्ण यातायात व्यवसायि समिति र प्रालीहरुले दाङलगाएत देशका विभिन्न क्षेत्रबाट सल्यान र रुकुमका लागि गाडि सञ्चालन गरि जनतालाई यातायात सेवा दिनु राम्रो भएपनि सरकारले ताकेभन्दा बढी भाडा अशुलेका कारण यात्रुबर्गमा मार परेको बिज्ञप्तीमा जनाइएको छ । बिज्ञप्तीमा यसक्षेत्रमा गाडि सञ्चालन गरेका सम्पुर्ण यातायात व्यवसायी र प्रालीहरुलाई सरकारले तोकेको भाडादर लिन अनुरोध समेत गरिएको छ ।
यसअघि पनि समाजले घोराही र भालुबाङबाट रुकुमका लागि गाडि सञ्चालन गर्न राप्ती अञ्चल यातायात व्यवसायि समिति समक्ष अनुरोध गरेको थियो । आफूहरुको अनुरोधलाई स्वीकार गरि समतिहरुले यस सडकखण्डमा यातायात सञ्चालन गरेकोमा धन्यवाद दिदै भाडादर घटाउन गरेको आफूहरुको अनुरोधलाई पनि सवै प्राली तथा समितिहरुले स्वीकार गरिदिने अपेक्षा समेत रहेको समाजले जनाएको छ ।