![]() |
केशरमान बिसी |
दाङ प्राकृतिक तथा धार्मिक हिसाबले अत्यन्तै मनोरम स्थल हो। एसियाको ठुलो उपत्यका हुनु , चमेरी गुफा , पाण्डबेश्वर धाम , गोरक्ष रत्ननाथ , बाह्रकुने बराहक्षेत्र , जस्ता धार्मिक तथा सुकौराकोट , छिल्लिकोट , सवारीकोट जस्ता एतिहासिक वैभव हुनु दाङको गौरब हो।
भौगोलिक , प्राकृतिक , सामाजिक तथा सास्कृतिक बिबिधता तथा धार्मिक सहिष्णुता दाङका मौलिक विशेषताहरु हुन। हिराझै टल्कने हिमालको दृश्यावलोकन , कम्मरमा पटुकी बाधे झैं नाकवेली पहाडी सडक र सुनको स्वरुप झैं लहलहाउदो धान झुलेको समथर तराई पर्यटक लोभ्याउने समृद्धिका आधार हुन।
यहि स्वर्णिम भुमी दाङमा दाङ जिल्ला उध्योग वाणिज्य संघ जस्तो प्रतिष्ठित निजि संस्थाले फेरि दाङ व्यापारिक तथा पर्यटन मेला लगाउने तयारी व्यापक रुपमा अगाडी बढाएको छ। तयारी तीब्र गतिमा गइरहेको छ। मेलालाइ भब्य तथा सभ्य बनाउनका लागि प्राय दैनिक विभिन्न समिति उपसमितिहरुको बैठक निरन्तर बसिरहन्छ।
यो आम दङ्गालीहरुमा खुसिको कुरा हो। यसमा कुनै बिमती नहोला तर यो स्तम्भकार लाई "दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औधोगिक कृषि मेला २०७२ " को बारेमा केही मन्थन गर्न मन लाग्यो।
राप्तीको केन्द्र दाङ प्रादेशिक राजधानीको चर्चामा हुदाहुदै पनि भौतिक बिकास हुन नसक्नु अनि पर्यटकिय नगरीका रुपमा बिकास गर्न नसक्नु आम दङ्गाली हरुको कमजोरी हो। प्राकृतिक रुपमा यति वैभवपुर्ण स्थानलाई आधुनिक समाजमा प्रबिधिका कारण यो नगरी दिनानु दिन कुरुप मात्र बन्दैछ।
विश्व जगतले बनावटी प्रकृति तथा बाताबरणमा रमाइरहेको बर्तमान परिवेशमा हामी हाम्रो आगनमा भएको प्राकृतिक सम्पदा मासेर खोक्रो आधुनिकिकरणको खोल ओडिरहेका छौं । पुर्खाले आर्जेको धार्मिक एतिहासिक तथा पुरातात्त्विक सम्पदा लाई डिजिटल क्यामेरामा कैद गरेर त्यसैको व्याज भजाइरहेका छौं आजका हामी आधुनिक मानव।
हरेक चिजलाइ डिजिटल गर्दा गर्दा आज हाम्रो मगजै डिजिटल भैसक्यो तर नयाँ पर्यटकीय स्थलको निर्माणमा सबैले नजर अन्दाज गरिरहेका छौं । यसो गर्नु दाङलाइ पर्यटन बिकासमा अझै पछाडी तर्फ धकेल्नु हो। विश्व समृद्धिको आधार पर्यटन ब्याबसाय हो भन्ने कुरा थाहा पाउदापाउदै पनि हामी पर्यटन आकर्षित गर्ने केही नयाँ योजना बनाउन सकिरहेका छैनौं । यो हाम्रो बर्तमान कमजोरी हो।
महाउत्सब गर्नुको मुख्य उद्देश्य समग्र दाङ को बिकास हुदा हुँदै पनि यसले कुनै एउटा निश्चित क्षेत्र मात्र पकडेर अगाडि बढ्यो भने पक्कै पनि यसको उद्धेश्य पूरा हुनेछ। समाजिक काम गर्ने साझा संस्थाको अभाव हुँदा हुँदै पनि दाङ जिल्ला उध्योग वाणिज्य संघ जस्तो प प्रतिष्ठित निजि संस्था दाङको बिकास तथा परिवर्तन चाहने आम जनमानसको ढुक ढुकी बनेको छ। जुन अपेक्षित संस्था भएकाले यसको अगाडी असीमित चुनौतीहरु छन । तर पनि सबै खाले चुनौतीहरुको सामना गर्नै पर्छ।
प्राकृतिक मनोरमले भरिएको यो विशाल उपत्यका तथा संभावनाको उर्वर भुमी दाङ लाई पर्यटकीय नगरी को रुपमा विकास गर्नका लागि अब निजि क्षेत्रहरूले बृहत योजना बनाएर पालैपालो कार्यन्वयन गर्न तर्फ लाग्नुपर्छ । अहिले हामी हाम्रा पुर्खाले आर्जेको सम्पत्तिमा रमाइरहेका छौं । कसैलाई हेक्का सम्म पनि छैन कि पुर्खाको सम्पत्तिमा रमाउनु मात्र हुदैन न कि आफै पनि नयाँ नयाँ पर्यटकीय स्थलहरुको निर्माण गरि यो बिशाल उपत्यका लाई पनि पर्यटकीय नमुना गन्तव्य बनाउनु अहिलेको हाम्रो दायित्व हो भन्ने कुरा । अनि मात्र यो हाम्रो पर्यटन महोत्सव वास्तविक रुपमा पर्यटक हरुलाइ आकर्षित गर्ने एउटा नमुना बन्न सक्छ।
त्यसैले आसन्न पर्यटन महोत्सव सभ्य तथा भब्य रुपमा सम्पन्न गरि यो महोत्सव बाटको आय श्रोतले केही नयाँ तथा पर्यटकीय स्थल निर्माण गर्न पहल सम्म मात्र भएपनी गरोस। दाङ जिल्ला उद्योग वाणिज्य संघको महोत्सव सन्चालन गर्नुको बृहत उद्देश्य सभाहल निर्माण गर्नु त होला नै त्यसको साथ साथै यसले दाङ जिल्ला लाई सुन्दर पर्यटकीय गन्तव्य बनाउनका लागि पर्यटकीय पुर्वाधार निर्माणमा अहम भुमिका खेल्नु पर्छ।
बिज्ञान र प्रबिधिले दिनानुदिन फड्को मारिरहेको बर्तमान समयमा मानवनिर्मित परिवर्तन हरु नगन्य मात्रामा बढिरहेका छन तुलनात्मक रुपमा दाङ नेपालका अन्य कुनै पर्यटकीय स्थल भन्दा पनि कमि नभएपनी यो ठाउँ मानव निर्मित पर्यटकीय स्थलको निकै कमि भएको ठाउँ हो।
बिकास गर्ने बृहत लक्ष्यका साथ अगाडी बढ्ने हो भने यहाँ पनि थुप्रै यस्ता ठाउँ छन जुन सुन्दर पर्यटकीय गन्तव्य बन्न सक्छन। यहाँका रमणीय स्थलहरु बाह्रकुने वराहक्षेत्र परिसरमा चिडियाखाना निर्माण गर्न सकिन्छ। जो समृद्धिको आधार बन्न सक्छ, राप्ती नदिमा व्यावसायिक र्याफ्टिङ , कुनै उपयुक्त स्थानमा भ्युटावर , प्याराग्लाइडिङ र आधुनिक पार्क जस्ता महत्त्वपूर्ण पर्यटकीय सम्पदाको निर्माण गर्न सकिन्छ। यसरी यो सुन्दर उपत्यका दाङको बिकासका लागी बृहत गुरुयोजना बनाएर अगाडी बढ्ने हो भने मात्र परिणाम आम नागरिकले प्रत्यक्ष देख्न सकिने खालको हुन्छ। अनि आम नागरिकले परिवर्तन देखेभने मात्र यस्ता बृहत महोत्सवहरुको चासो आम नागरिकमा पनि उतिकै देखिन्छ ।
दाङ उद्योग वाणिज्य संघको वर्तमान नयाँ उर्जाशिल कार्यसमिति द्वारा संचालित आसन्न महोत्सवले दाङलाइ सुन्दर पर्यटकीय नगरीका रुपमा बिकास गर्न केही न केही कदम चाल्यो भने मात्र दाङ पर्यटन मेलाको औचित्य तथा सान्दर्भिकता सहि सिद्ध हुनेछ। नत्र भने पर्यटन आगमन तथा पर्यटकीय स्थलको बिकासमा यो फेरि कागलाइ बेल पाक्यो हर्ष न विस्मात सबित हुनेछ।





