इन्द्रेणी संबाददाता
तुलसीपुर,१४ फागुन । सभामुख ओनसरी घर्तीले नीति र विधि निर्माणगरी संविधान कार्यान्वयन गर्ने बताउनुभएको छ । रिपोटर्स क्लव दाङ शाखाले शुक्रवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घर्तीले संविधान कार्यान्वयनको चरणमा रहेकोले सबैले धैर्यता गर्नुपर्ने बताउनुभएको थियोे ।
नाकावन्दी खुलेको र असन्तुष्ट समुहहरुसंग सरकारले थालेको वार्ता सकारात्मक बन्दै गएकोले नयाँ संविधान कार्यान्वयनको पाटो सहज बन्दै गएको सभामुख घर्तीले बताउनुभयो । कार्यक्रममा बोल्दै सभामुख घर्तीले ‘ सबैको सामुहिक प्रयासबाट जित्ने हो, मैले जनताको बलवाटै गरिमामय पद जितेको हो । अब संविधान कार्यान्वयन पनि जनताकै बलबाट गराउने छु ।’
रिपोटर्स क्लवका दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण कोषाध्यक्ष बालाराम खड्काले गरेका गर्नुभएको थियो ।