इन्द्रेणी संबाददाता
घोराही,१४ फागुन । एकिकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले प्रस्तावित पाँच नम्वर प्रदेशको राजधानी दाङ नै हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकारंघ दाङले शुक्रवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रभाकरले राजधानीका लागि हरेक हिसावले दाङ नै उपयुक्त भएकाले दाङमा नै पाँच नम्वर प्रदेशको राजधानी बनाउनुपर्ने बाउनुभएको हो र्। दाङ भौगोलिक, आर्थिक र सुरक्षाका दृष्टिले राजधानीका लागि उपयुक्त भएको भन्दै प्रभाकरले प्रदेशनम्वर ५ को सीमाङ्कनमा हेरफेर हुनुपर्ने समेत बताउनुभएको थियो ।
पहिलो प्रादेशीक सभाले प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रावधान रहेको भन्दै नेता प्रभाकरले वर्तमान संरचनामा दाङलाई राजधानी बनाउनुपर्छ भन्ने पक्ष अल्पमतमा रहने हुँदा दाङलाई राजधानी बनाउन ५ नम्वर प्रदेशको सीमाना बढाउनुपर्ने बताउनुभयो । त्यसका लागि सल्यान र रुकुमको छुटेको भागलाई समेत पाँच नम्वर प्रदेशमा समावेश गरिनुपर्ने बताउनुभएको थियो ।
‘दाङ राजधानीका लागि उपयुक्त भएको कसैले नकार्न नसक्ने समेत बताउनुभएको थियो । त्यस्तै पाँच नम्वर प्रदेशको राजधानी दाङमा बनाउनका लागि दवाफ दिनका लागि ‘थारुहरुको मागलाई सम्बोधन गर्दै प्रदेशनम्वर ५ को सीमाना कैलालीसम्म पु¥याउनुपर्ने बताउनुभएको थियो । त्यस्तै फरक प्रसंगमा बोल्दै नेता प्रभाकरले अबको एक दशक आर्थिक सम्बृद्धिका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो ।
लामो संघर्षपछि नेपाली जनताहरुले संविधान पाएको भन्दै उहाँले अब मुलुकलाई सम्बृद्ध बनाउन संघर्ष गर्नुपर्ने बताउनुभयो । मधेशीहरुको आन्दोलनलाई राष्ट्रबिरोधीको संज्ञा दिँदै प्रभाकरले मधेशीहरुलाई संविधानले अधिकार सम्पन्न बनाइसकेको बताउनुभयो । संघका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो ।