ताजा अपडेट

...


रक्तसञ्चार केन्द्रको सभामुखद्धारा उद्घाटन



शरद रेग्मी
दाङ १४ फागुन । राप्ती अञ्चल अस्पताल तुलसीपुर परिसरमा निर्माण गरिएको कालीकादेबि रक्त सञ्चार केन्द्रको आज शुक्रबार सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गर्नुभएको छ । तुलसीपुर निबासी समाजसेवी बामदेब उपाध्यायले श्रीमती स्वर्गीय कालीकादेबि उपाध्यायको स्मरणमा निमार्ण गर्नुभएको भवनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई आजै हस्तान्तरण गर्नुभएको छ । श्रीमती कालीकादेबी उपाध्यायको स्मरणमा रक्त सञ्चारकेन्द्रको भवन निमार्ण गरिएको भन्दै भावबिहल रोधन अबस्थामा भवन हस्तान्तरण गर्नुभएको थियो ।
   
           बाईट त्यस क्रममा उपस्थीत सहभागिहरुका आँखा रसाएका देख्न सकिन्थ्यो । भवन परिसरमा स्वर्गीय कालीकादेबि उपाध्यायको अर्धकदको सालीकको समेत सभामुख घर्तीले अनावरण गर्नुभएको छ । २०७१ माघ २४ गते निधन भएकी श्रीमति कालीकादेबीको बार्षिकीको अबसरपारि उहाका श्रीमान बामदेब उपाध्यायले झण्डै ५२ लाख बढी लगातमा कालीकादेबी रक्त सञ्चार केन्द्र सञ्चालनका लागिका राप्ती अञ्चल अस्पताल परिसरमा १० कोठे भवन निमार्ण गर्नुभएको निर्माण समितिका सदस्य सचिब यज्ञ केसीले जानकारी दिनुभयो । 
                 भवन उद्घाटन गरिएपनि प्राबिधी ब्यबस्थापन सम्पन्न पछि केहिदिनमा नियमीत रुपमा रक्त सञ्चार केन्द्र सञ्चालन हुने राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डीयन डाक्टर भोलाराम श्रेष्ठले जानकारी दिनुभयो । उक्त अबसरमा दानदाता उपाध्यायलाई राप्ती अञ्चल अस्पतालले कदर पत्रका साथ सम्मान गरेको थियो । २०२१ जेठ २८ गते शिलन्यास गरिएको उक्त रक्त सञ्चार केन्द्रको करिव ९ महिनामा निमार्ण कार्य सम्पन्न भएको हो । कालीकादेबी रक्त सञ्चार केन्द्र निमार्ण समितिका संयोजक बिमल रिजालको अध्यक्षता एबम ब्यबस्थापीका संसदका सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
                    कार्यक्रमका बक्ताहरुले घोराहीमा मात्र रक्त सञ्चार केन्द्र सञ्चालन हुदा पश्चिम दाङ र देउखुरी क्षेत्रमा आबश्यक परेको बेला बिरामीहरुलाई रगतको अभाव हुने अबस्थामा अब तुलसीपुरमै रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएपछि यस क्षेत्रका बिरामीलाई ठुलै राहत मिल्ने अपेक्षा रहेका बताएका थिए । राप्ती अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रुद्रमणी शर्मा,नेपाली कांग्रेस दाङका सभापति किर्ति वहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य सुशील बस्नेत,मेडिकल सुपरिटेण्डीयन डाक्टर भोलाराम श्रेष्ठ, पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी, लगायतले बोल्नुभएको थियो ।
                       कार्यक्रममा स्वागत मन्तब्य रक्त सञ्चार केन्द्र निमार्ण समितिका सल्लाहकार गोपीनाथ योगी र सहजीकरण समितिका सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।
यसै विच तुलसीपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ति लाई समग्र दाङको विकासका लागि ध्यानार्षकण गराएको छ । वाणिज्य संघका अध्यक्ष विमल रिजालले तुलसीपुर को एयरपोर्ट नियमित संचालन, राप्ती अञ्चल अस्पतालको विकास , इन्धन डिपो स्थापना लगायतका वारेमा सभामुखलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.