ताजा अपडेट

...


गाउँको विकासमा महिलाहरु



इन्द्रेणी संवाददाता
देउखुरी, १४ फागुन

लमही नगरपालीका २ डोढही गाउँमा वाटोको थप निर्माण र विस्तार गर्ने काममा महीलाको सहभागीता वढेको छ । पुरुषहरु कामको शिलशिलामा विदेशीएपछी गाउँको सामाजिक काममा महीलाहरुको सहभागीता वढेको स्थानीय तुलसा थापाले वताउनु भयो ।

जिल्ला विकास समिति दाङको एक लाख ५७ हजार ६ सय रुपैयाँको लागतमा वाटोको स्तारोन्नती गर्ने काम सुरु भएको हो । वाटो निर्माणको काममा वनेको उपभोक्ता समितिमा महिला पनि सहभागी छन् । उत्तरमा पूर्व पश्चिम राजमार्ग देखी दक्षिणमा सानो राप्ती नदी सम्मको करिव डेढ किलोमिटर लामो सडकको स्तरोन्नती र ग्रावेल गर्ने काम गरिएको हो ।

डोढही वाढी प्रभावित वस्ती हो । गाउँमा वस्ने वाढीले वाटो र सार्वजनिक भौतीक संरचनामा असर गर्दै आएको छ । यस वर्ष भने गाउँलेहरुले वाढी वाट सडकलाई जोगाउने गरी वस्ती भन्दा अग्लो वाटो वनाएका हुन् । सामाजिक काममा महीलाको सकृयता र सहभागीता संगै विपद् वाट जोखीने उपायको खोजी पनि स्वयम महीलाहरुले गरे । ८५ घरधुरीमा वस्ती फैलीएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.