ताजा अपडेट

...


संविधान पक्षधरहरुसंग हातेमालो



इन्द्रेणी संवाददाता
देउखुरी, १४ फागुन

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले अव संविधानको पक्षमा उभिने शक्तिहरुसंग हातेमालो गरी अघि वढ्ने वताउनुभएको छ । अवको वाटो भनेको आत्मनिर्भरता भएको वताउदै पोख्रेलले निति, कार्यक्रम, योजना र आचरणमा अभ्यास गरिने वताउनुभयो ।

दाङको लमहीमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै एमाले महासचिव पोख्रेलले छिमेकी देशहरुविच सन्तुलित सम्वन्ध नहुदा नेपालले समस्या भोग्नुपरेको धारणा राख्नुभयो । एमाले नेतृत्वको सरकारले छिमेकी देशविचको सम्वन्धलाई सन्तुलित राख्न आफ्नो भुमिका वढाउने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

महासचिव पोख्रेलले प्रधानमन्त्री केपी शर्मा वलीले अव गर्ने चिन भ्रमणमा दुई देशविच महत्वपूर्ण सम्झौता हुने वताउनु भयो । प्रधानमन्त्रीको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको वताउदै उहाँले प्रधानमन्त्रीले चिन भ्रमणका क्रममा पारवहन, वाणिज्य र दिर्घकालीन उर्जाका विषयमा सम्झौता गर्न वताउनुभयो ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.