ताजा अपडेट

...


पद्यमोदयमा अनिश्चितकालिन तालावन्दी



इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन
दाङका संयुक्त विद्यार्थी संगठनहरुले आगामि सोमवार देखि पद्यमोदय पव्लीक उमावि घोराहीमा अनिश्चीतकालीन तालावन्दी गर्ने भएका छन् । पद्यमोदय भित्र रहेको छात्राबासमा अनैतिक कार्य भएको र बिद्यालयले मनोमानि ढंगले शुल्क लिईरहेको भन्दै बिद्यालय प्रशासन र लेखाशाखामा तालाबन्दी गर्ने बिद्यार्थी संगठनहरुले चेतावनी दीएका हुन् ।



नेबिसंघ, अखिल, एमाओवादी निकट अखिल क्रान्तिकारी, बैद्य निकट क्रान्तिकारी र विप्लव निकट क्रान्तिकारीले संयुक्त बिज्ञप्ती जारी गरि संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । बिज्ञप्ती पद्यमोदय पव्लीक उमावि र बिद्यालय व्यवस्थापन समिती बिचको मीलेमतोबाट सार्बजनिक घटनाहरु मिलेमतोबाट गुपचुप पार्न खोजेको भन्दै बिद्यालय व्यवस्थापन समिती खारेजीको माग गरिएको छ ।

यस्तै, गुरुकुल एकेडेमी घोराहीले बिद्यार्थीबाट हजाारौं रुपैंया शुल्क लिने योजना सहित बाह्य देशमा अध्ययन अबलोकन गर्न लैजाने अभिभाबकबाट गुनासो आएको भन्दै यस्ता कार्य नरोकीए गुरुकुलको मुल गेटमा तालाबन्दी गरिने संयूक्त बिद्यार्थी संगठनको बिज्ञप्तीमा उल्लेख छ । यस्तै, जिल्ला शिक्षा कार्यालय र संयूक्त बिद्यार्थी संगठन बिच बिगतमा भएका सहमति कार्यान्वयनको माग गरिएको छ । जिल्लाका सबै सामुदायीक बिद्यालयहरुले शुल्क समायोजन गर्न बिद्यार्थी संगठनहरुले आग्रह समेत गरेका छन् ।

बिज्ञप्तीमा नेवि संघ दाङका उपाध्यक्ष टोपबहादुर बुढाथोकि, अखिलका जिल्ला सचिब गोपाल रेग्मी, एमाओबादी निकट अखिल क्रान्तिकारीका जिल्ला सहसचिब सृजनकुमार रेग्मी, विप्लव निकट क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसी र बैद्य निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रशान्त वलीको हस्ताक्षर छ । माग पुरा नहुँदा सम्म आन्दोलन जारी रहने बताईएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.