इन्द्रेणी संवाददाता
दाङ १४ फागुन
दाङको तुलसीपुर नगरपालिकाले फोहर ब्यबस्थापनमा समस्या भोग्दै आएको छ । नगर क्षेत्रबाट संकलन हुने फोहरको दिर्घकालिन ब्यबस्थापन गर्ने डम्पीङ साईडको ब्यबस्था गर्न नसक्दा तुलसीपुर नगरपालिका पटक पटक समस्यामा पर्दै आएको छ । वितेको १० दिन देखि नगरपालिकाले फोहर उठाउन सकेको छैन ।
स्थायी डम्पिङसाइट नहुँदा फोहोर ब्यबस्थापन गर्न समस्या भइरहेको नगरपालिकाले जनाएको छ । केहि साता देखि नगरपालिकाले वडा नम्बर १को खोलाफोहर फाल्दै आएको थियो । फोहर ब्यबस्थापनका लागि त्यहाँ थप स्थान नभएको र स्थानियहरुले अबरोध गरेपछि फोहर संकलन तथा ब्यबस्थापनमा समस्या भएको तगरपालिकाका कार्यकारी अधिकृत डिल्लीराज बेल्बासेले जानकारी दिनुभयो ।
दिर्घकालिन भन्दा पनि आकस्मिक समयका लागि १०÷१५ दिनको समयलाई पुग्ने गरी स्थान खोज्ने र फोहेर फाल्ने गरीएको कार्यकारी अधिकृत बेल्बासेले बताउनुभयो । दिर्घकालिन समयका लागि नगरपरिषदले निजि क्षेत्रलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । तर निजि क्षेत्रलाई जिम्मा दिन अझै केहि समय लाग्ने नगरपालिकाले बताएको छ ।
त्यो भन्दा पहिले नगरपालिकाबाट उठ्ने फोहर कहा विर्शजन गर्ने भन्ने बारेमा स्थानिय सरोकारवालाहरु संघ छलफल भैरहेको नगरपालिकाका कार्यकारी अधिकृत बेल्बासेले जानकारी दिनुभयो । अहिले नगरक्षेत्र भित्रबाट दैनिक ८ देखि १० टन फोहर उठ्ने गरेको भएपनि १० दिन देखि फोहर सडकमा थुप्रिएको छ ।
फोहोर थुप्रिदा बजारमा दुर्गन्ध फैलिन थालेपछि मुख्य चोकमा रहेको केहि फोहोर उठाएर नगरपालिकाका कन्टेनरमा राखिएको छ ।बजारका सबै स्थानमा रहेको फोहोर उठाउन नसके पनि मुख्य चोकमा रहेको फोहोर उठाएर गाडी र कन्टेनरमा राखिएको नगरपालिकाले जनाएको छ ।।




