ताजा अपडेट

...


तपाइहरुले गर्दा नै उच्च पदमा पुगेकी हौ- घर्ती




इन्द्रेणी संवाददाता 
दाङ फागुन १५ । सभामुख ओनसरी घर्तीले आफु देशको उच्च पदमा पुग्न लाइ राप्ती का जनताको महत्वपुर्ण हात रहेको कुरा उल्लेख गरेकी छिन । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले नेपाली जनताको लगातार संघर्षको परिणाम त नेपालमा महिला हरुले महत्वपुर्ण स्थान प्राप्त गरेको कुरा बताएकी हुन् ।
                देशको उच्च पदमा पुगेपछि आफुले आफ्नो क्षेत्रको लागि नयाँ कुनै काम गर्ने कुरा उल्लेख गर्दै सभामुख घर्तीले अहिले दाङ मा हवाई उडान नियमितताको कुरा महत्वपुर्ण भएको बताउदै  हवाई सेवा नियमित नहुँदा दाङबासीले धेरै समस्या भोगेको आफुले महसुस गरेको र आफु काठमाडौँ फर्केलगत्तै हवाई सेवा नियमित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । व्यवसायीहरुको सक्रियतामा धावनमार्ग कालोपत्रे भइसकेको अवस्थामा पनि हवाई सेवा नियमित नहुनु दुखद् भएको भन्दै सभामुख घर्तीको भनाइ थियो ।

 नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनताहरुलाई सूचनाको हक दिलाउन सक्रियतापूर्वक लाग्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । जिल्ला उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष केवी मसालले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सह–सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।  

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.