इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन
गङ्गा उच्च माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बिदाइ गरेका छन । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी टिका र पुष्पा गुच्छा दिइ १० कक्षाका विद्यार्थीहरुलाई बिदाइ गरेका हुन ।
कक्षा ९ का छात्रा सीता भुसालको अध्यक्षता तथा विद्यालयका निमित्त प्राचार्य भुवनकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्यस अवसरमा विद्यार्थीहरुले गीत, नृत्य, नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षकहरु गोपालराज पोख्रेल र तेजेन्द्र जोशी, विद्यार्थी रश्मि पार्दे, सन्तोष खनाल, विद्या शर्मा लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण समिक्षा वलीले गर्नु भएको थियो ।।




