ईन्द्रेणी सम्वाददाता
दाङ फागुन १५
त्रिपुर नगरपालिकामा वाईसिएल नेपालले आज नगर भेला सम्पन्न गरेको छ । वाईसिएल नेपालको केन्द्रिय नीति अन्तर्गत विभिन्न नगर तथा गाविसहरुको संगठन चुस्त वनाउने कार्यक्रमको शिलशिलामा वाईसिएलले त्रिपुर नगरपालिकामा भेला गरेको हो ।
वाईसिएल त्रिपुरका अध्यक्ष भरत विकको अध्यक्षता तथा जिल्ला ईन्चार्ज रुपक चौधरीको प्रमुख आतिथ्यततामा भएको कार्यक्रमले पुन ः भरत विकको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेको छ । आफ्नो संगठनलाई सुद्धिकरण गर्दै टोल टोलका युवाहरुलाई संगठित गर्ने र संगठित सदस्यहरुले समाजमा विद्यमान सामाजीक विकृतिहरुलाई अन्त्य गर्ने निर्णय गरेको छ ।
जिल्ला भेलामा वाईसिएल दाङका ईन्जार्च रुपक चौधरी, एमाओवादीका नगर संयोजक प्रमोद शर्मा, जिल्ला संयोजक सरोज खड्का, वाईसिएल क्षेत्र नं ३ का संयोजक लक्ष्मण वुढा तथा वाईसिएल क्षेत्र नं ३ का संयोजक अभ्यास पुनले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वाईसिएल नगर सदस्य तिलकराम वलीले गर्नुभएको थियो ।।