ताजा अपडेट

...


महोत्सवको अवसरमा सरसफाई अभियान



इन्द्रेणी संवाददाता
दाङ, १६ फागुन

दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” को अवसरमा सरसफाई अभियानको सुरुवात गरिने भएको छ ।

दाङ जिल्लालाई सरसफाईयुक्त र हरित जिल्ला बनाउने अभियान अन्तरगत सरसफाई अभियानको सुरुवात गरिने मूल समितिले बताएको छ । महोत्सवको पूर्वसन्ध्यामा सरसफाई अभियानलाई जिल्लाव्यापी रुपमा सुरुवात गरिने मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो ।

“उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा सरसफाई अभियानको औपचारिक रुपमा उद्घाटन गरिने र त्यसलाई निरन्तरता दिने उहाले बताउनुभयो । जस अन्तरगत फागुन २० गते विहान सरसफाई अभियानको औपचारिक रुपमा उद्घाटन गरिने उहाँले बताउनुभयो ।

१९ गते सरसफाई अभियानको महत्वबारे जागरण गराउने र २० गते विहान ८ बजे घोराहीको तुल्सीपुर चोकबाट अभियानको सुरुवात गरिने बञ्जाडेले बताउनुभयो । आनीबानी परिवर्तन सहितको सरसफाईयुक्त र हरित जिल्ला बनाउने अभियानको सुरवात हुने उहाँले जानकारी दिनुभयो । २० गते उद्घाटन हुने अभियानलाई निरन्तर रुपमा जिल्लाभरी नै सञ्चालन गरिने छ ।

महोत्सवको समयमा विशेष प्राथमीकता दिने सरसफाई कार्यमा सहभागी भएर सहयोग गर्नकालागी उहाँले सबैमा अनुरोध गर्नुभयो । जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, सुरक्षा निकाय, टोल विकास संस्था, राजनितिक दल, नागरिक समाज लगायतको सहभागीतामा २० गते सरसफाई अभियानमा उद्घाटन गरिने उहाँले बताउनुभयो ।

यसैविच महोत्सवको उद्घाटनको दिन हुने शोभायात्रालाई व्यवस्थित बनाईने भएको छ । शोभायात्रा व्यवस्थापन उपसमितिकाको आजको बैठकले शोभायात्रालाई व्यवस्थित बनाउने विषयमा गरेको छलफलले व्यवस्थित बनाउने निर्णय गरेको हो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.