ताजा अपडेट

...


दाङ महोत्सवमा ‘प्याराग्लाईडिङ’



दाङ, १३ फागुन
दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” को अवसरमा प्याराग्लाईडिङको सुरु गरिने भएको छ । महोत्सवको समयमा जिल्लामा प्याराग्लाईडिङको सुरुवात गरिने मूल आयोजक समितिले बताएको छ ।
             
             “उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा लक्ष्मीपुर गाविसको जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ गरिने मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो । महोत्सवलाई जिल्लाको विकाससँगै जोडेको उद्योग वाणीज्य संघले जिल्लामा प्याराग्लाईडिङको सम्भावना भएकाले महोत्सवको समयलाई सदुपयोग गर्दै सुरुवात गरिने उहाँले बताउनुभयो ।
                              सवारीकोट जसपुरबाट यसअघी पनि प्याराग्लाईडिङ सफल रुपमा परिक्षण गरिएको थियो । प्याराग्लाईडिङकालागी पारानोभा प्याराग्लाईडिङ संस्था पोखरासँग सम्झौता भएको मूल समितिका सहसंयोजक नारायण भुषालले बताउनुभयो । प्याराग्लाईडिङ संस्थासँग उद्योग वाणीज्य संघको तर्फबाट आफूले सम्झौता गरेको उहाँले बताउनुभयो । जसकालागी ५ वटा प्याराग्लाईडिङ दाङ आउने उहाँको भनाई छ । जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ उडान सुरु गरेर महोत्सव स्थलमा ल्याण्डीङ हुने उहाँले बताउनुभयो । जसकालागी सवारीकोटसम्म पुग्नकालागी गाडीको व्यवस्था गरिने र प्याराग्लाईडिङकालागी ५५ सय भाडाको व्यवस्था गरिएको भुषालले जानकारी दिनुभयो ।
                               प्याराग्लाईडिङकालागी अग्रीम टिकट बुकीङ गर्नुपर्ने उहाँले बताउनुभयो । महोत्सवलाई अवसरको रुपमा लिएर प्याराग्लाईडिङको सुरुवात जिल्लामा गरिने भुषालले बताउनुभयो । प्याराग्लाईडिङ सञ्चालक कम्पनीले दाङमा सम्भावना भएको बताएको र उनीहरु यहाँ व्यवसायीक रुपमा प्याराग्लाईडिङ गर्न ईच्छुक भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा पनि कुराकानी भईरहेको उहाँको भनाई छ । साथै प्याराग्लाईडिङ सफल पार्नकालागी समन्वय गर्न उहाँले सम्पूर्णमा अनुरोध पनि गर्नुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.