इन्द्रेणी सम्वाददाता
दाङ, १३ फागुन
योङ्ग कम्युनिष्ट लिग नेपाल घोराही नगर कमिटीको भेलाले प्रकाश पुनको अध्यक्षतामा ३५ सदस्यीय घोराही नगर कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा दिपक केसी, प्रेम बिक र बसन्त पुन, सचिबमा कुशल बुढामगर, सहसचिबमा दलबहादुर पुन र कोषाध्यक्षमा अजित मन्सुरी रहनुभएको छ ।
घोराही नगर सम्मेलन आयोजक कमिटीका संयोजक प्रकाश पुनको अध्यक्षता एवं योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय सदस्य सृजन पुनको प्रमुख आतिथ्यतामा हिजो भेला भएको हो ।
यसैगरी मंगलबार भएको भेलाले तुफान बुढाको अध्यक्षतामा २५ सदस्यीय योङ्ग कम्युनिष्ट लिग नेपाल बिजौरी गाउँ कमिटी पनि गठन गरेको छ ।।




