दाङ ,१३ फागुन
म्याग्दीको दाना २ सोलि घोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतकको शव संकलनको काम आज पनि बिहानैबाट सुरु गरिएको छ । पोखराबाट जोमसोम जाने क्रममा हिजो विहान भएको जहाँज दुर्घटना स्थलमा पुगेका सुरक्षाकर्मीले साँझसम्म १९ वटा शव संकलन गरेका थिए । बाँकी शबका टुक्राटुक्री जम्मा गर्ने काम आज विहानैबाट सुरु भएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले जानकारी दिनभयो ।
घटनास्थलमा पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विहानबाट पुन वाँकी शबको खोजी सुरु गरेका हुन् । एक नावालक र महिलाको शब पहिचान गर्न सक्ने अबस्थामा भएपनि अन्यको शब क्षतविक्षत अबस्थामा भेटिएको छ । केहिको शब आगोले जलेको अबस्थामा छ । छरिएको अबस्थामा रहेकाले शबको टुक्राहरु जम्मा गर्न समय लागेको त्यहाँ पुगेका सुरक्षाकर्मीहरुले जानकारी गराएका छन् ।
घटनास्थलमा संकलन गरिएको शब हेलिकप्टर अबतरण हुने स्थानसम्म ल्याएर त्यहाबाट पोखरा ल्याउने गरी तयारी भैरहेको छ । आज शब पोखरा ल्याएर आफन्तको जिम्मा लगाउने प्रशासनको तयारी छ भने पहिचान नभएका शव डिएनए परिक्षणको लागि काठमाडौं पठाईनेछ । जहाज दुर्घटनामा चालक दलका तीन, दुई नावालक, दुई विदेशीसहित २३ जनाको मृत्यु भएको हो ।।