ताजा अपडेट

...


पानीघट्टको प्रयोगमा कमी, व्यवसायीहरु मर्कामा



ईन्द्रेणी सम्वाददाता
शम्भु नेपाली
दाङ, २४ पुस
आधुनिक मेशिनको वढ्दो प्रयोगले पानीघट्टको प्रयोगमा कमी आएको छ । गाँउघरमा मकै, गहुँ, कोदो, मसुरो लगायत दलन बाली पिसाउने गरिएकोमा अहिले पानीघट्टको प्रयोगमा कमी आएको छ । जस्का कारण पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन ।


विकास क्रमले फड्को मार्दै जाँदा पानीघट्टको तुलनामा छिटोछरितो र प्रभावकारी सामाग्रीको प्रयोग वढ्न थालेपछि मानिसहरुले पानीघट्टको प्रयोग छाड्न थालेका छन । १५ वर्ष देखी दाङ बाघमारेको अमुवा गाउ‘मा पानीघट्ट सन्चालन गर्दै आउनु लिलाधर कँडेलले गाउ‘मा घट्ट ब्यवसाय खस्किदै गएको वताउनुभयो ।

बिद्युत लाईन विस्तार हुँदा र थुप्रै मिलहरु सन्चालनमा आएपछि मानिसहरु कुटानी पिसानीका लागी आफ्नो घट्टमा आउन छाडेको उहाँले गुनासो गर्नुभयो । पानीवाट सन्चालन गर्न सकिने घट्ट नदिनाला तथा खोला छेउछाँउमा हुने भएका कारण पनि मानिसहरु जान मन नगर्ने कँडेलको भनाई छ ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.