ताजा अपडेट

...


नागदेव शिलाको संरक्षणमा डुब्रिङवासी



ईन्द्रेणी सम्वाददाता
रेखा मगर
रोल्पा, २४ पुस
रोल्पा डुब्रिङका स्थानीयहरुले गाँउमा रहेको हजारौ वर्ष पुरानो नागदेव शिलाको संरक्षण गर्न पहल थालेका छन । दाङको सीमानासंग जोडिएको डुब्रिङ ४ डुब्रिङमा रहेका २ वटा नागदेवका शिला मुर्ती संरक्षण गरेर गाँउलाई प्रर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेका छन ।

सर्पको जस्तो आकार भएको नागदेवको संरक्षण गर्न नागदेव शिला मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति गठन गरी आवश्यक प्रचारप्रसार र मन्दिर निर्माण कार्य भईरहेको छ । दाङ र रोल्पा जोड्ने मार्गको रुपमा रहेको डुब्रिङ गाँउमा नागदेवको शिलालाई संरक्षण गर्न सकेमा स्थानीय प्रर्यटकहरुको आकर्षण वढ्ने समितिका अध्यक्ष गोबिन्द घर्तिले जानकारी दिनुभयो ।

पुरातात्विक एवं धार्मीक महत्व वोकेको उक्त नागदेव शिला संरक्षणका लागी ५ लाख रुपैया वढिको लगानीमा मन्दिर निर्माण गर्न लागिएको हो । स्थानीयहरुको सक्रियतामा थालिएको मन्दिर निर्माण कार्यपनि अहिले अन्ति चरणमा पुगेको छ । उक्त नागदेवको शिलामा वडादशै, कृष्ण जन्माष्टमी, नागपञ्चमी, र बैशाखे पुर्णिमा जस्ता चाडपर्वमा स्थानीयले पुजाआजा गर्दै आएका छन ।

यसैविच, डुब्रिङ गाँउलाई प्रर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उच्च टाकुरमा रहेका ठाँउहरुको पहिचान गर्ने र त्यसका लागी गुरुयोजना तयार गरिने भएको छ । प्रर्यटन र साँस्कृतिक विकासका लागी तामपानी, सिद्धकोसी, मालरानी, सुकेदह तथा उच्च टाकुरामा अवस्थित मुरुल्ले ताराखसे क्षेत्रलाई संरक्षण सम्वद्र्धनका लागी सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उहाँले वताउनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.