ताजा अपडेट

...


आज पनि कार्यदलबीच छलफल



ईन्द्रेणी सम्वाददाता
काठमाण्डौ, २४ पुस
मधेसी मोर्चाले अघि सारेका मागका विषयमा सहमति खोज्न प्रमुख दल र मोर्चाको कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा सीमांकन विवाद टुङ्गो लगाउन राजनीतिक सयन्त्र बनाउने र अरु विषय संविधान संसोधन मार्फत सहमति गर्नेमा वार्ता केन्द्रित हुनेछ ।


कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री भीम रावलले हिजोको वार्ता सकारात्मक ठाउँमा पुगेको र त्यही ठाँउबाट आजको वार्ता सुरु गर्ने बताउनुभयो । राजनीतिक संयन्त्र बनाएर तीन महिनामा टुङ्ग्याउने विषयमा प्रमुख तिन दल र मधेसी मोर्चा सहमति नजिक पुगेका छन् । 

तीन दलको प्रस्ताबलाई मोर्चाले सैद्धान्तिक रुपमा सहमति जनाए पनि त्यसको वैधानिकको बारेमा भने प्रश्न उठाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.