ईन्द्रेणी सम्वाददाता
दाङ, २४ पुस
दाङको तुलसीपुर नगरपालिकाको २० औँ परिषद आज हुन लागेको छ । आज नगरपालिकाको परिषरमा हुने परिषदमा नगरपालिकाले २२ करोड रुपैया बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
परिषद्को उद्घाटन संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले गर्ने नगरपालिकाका सुचना अधिकृत झरेन्द्र खरेलले जानकारी दिनुभयो ।
नगरपालिकाले प्रस्तुत गर्ने बजेटमा सबै भन्दा बढि कृषि र सडकलाई प्राथमिकतामा पारिएको छ । वडाबाट आउने योजनाहरु पनि कृषि र सडक सम्बन्धी नै बढि भएका कारण प्राथमिकतामा पारिएको सुचना अधिकृत खरेलले बताउनुभयो ।





