दाङ, २२ पुस । दाङमा आज विहान वस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाईते भएका छन । घोराहीवाट विद्यार्थी लिन नारायणपुरतर्फ जाँदै गरेको घोराहीस्थित पद्यमोदय पव्लिक नमुना उच्च माविको रा १ क १९१ नं को वस र तुलसीपुरवाट घोराहीतर्फ आँउदै गरेको रा १ ज ३७२ नं को किया बस एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
त्रिपुर नगरपालिका ३ सौडिकुलामा भएको दुर्घटनामा परी किया चालक मानपुरका धनवहादुर थापा सुमन, त्रिपुर १ नारायणपुरका ३६ वर्षका सवनम अन्सारी, सल्यान काभ्रा का साढे २ वर्षका हेमन्त विष्टको ज्यान गएको हो । २ जना महिलाको सनाखत हुन सकेको छैन ।
यस्तै दुर्घटनामा परी घाईते हुनेहरुमा तुलसीपुर ९ की ३२ वर्षिया धनसरी वोहोरा, फुलवारी ६ का २४ वर्षिया चुना चौधरी, ४ वर्षका संगम चौधरी, २७ वर्षका राम वहादुर चौधरी, रोल्पा दुविडाँडाका २२ वर्षिय छबिलाल नेपाली, घोराही ११ का १९ वर्षिय तिलक नेपाली, बडागाँउ ४ सल्यानका ६५ वर्षिया बाल कुमारी देवकोटा, काभ्रा सल्यानका २४ वर्षिय बिष्णु विक र सोही ठाँउका ६० वर्षिय सुके विष्ट रहेको प्रहरीले जनाएको छ ।
यसैगरी दाङ तुलसीपुर ९ का ४० वर्षका तुलसी पाठक, पुरन्धारा ६ का ४० वर्षका भुमा रिजाल, सल्यान थारमारे ४ का ४० वर्षका लिल वस्नेत, तुलसीपुरका २१ वर्षिया दिपा राणा, विजौरीका १८ वर्षिय राजु नेपाल, मानपुर २ का २४ वर्षिया कल्पना वली, सोही ठाँउका २५ वर्षिय भरत वली, घोराही २ का ५२ वर्षिय टंक प्रसाद पौडेल, तुलसीपुर ९ का ६० वर्षिया पबित्रा केसी, सोही ठाँउका ३३ वर्षका पुष्पा केसी, विजौरी ५ का २६ वर्षिया चित्रा वुढा, घोराही २ का ५१ वर्षिया खिम वहादुर डाँगी, काभ्रा ६ सल्यानका ११ वर्षिय देमल विष्ट र नारायणपुर १ की ३६ वर्षिय सपना अधिकारी रहेका छन । घाईतेहरुको टाउको, हातखुट्टा, र मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ । उनीहरु मध्य केहिको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने केहिलाई दाङ वाहिर रिफर गरिएको छ । मृतकको संख्या अझ वढ्न सक्ने प्रंहरीको भनाइ छ ।





