ताजा अपडेट

...


भेषभुषा र भाषा संरक्षण गर्न प्रतियोगिता हुँदै



ईन्द्रेणी सम्वाददाता
रेखा मगर
दाङ २१, पुष
मगर समुदायको भेषभुषा र भाषा संरक्षण गर्ने उद्देश्यले दाङमा जिल्ला स्तरिय मगर सांस्कृतक भेषभुषा प्रतियोगीता आयोजना गरिने भएको छ । तिन चरणमा हुने प्रतियोगीताको पहिलो चरण भोली शुरु हुने र अन्तिम चरण माघ १६ गते घोराहीमा हुने आयोजकले आज घोराहीमा पत्रकार सम्मेलनमाफर्तत जानकारी दिएको छ ।


मगर राष्ट्रिय मुक्तीमोर्चा, मगर भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान दाङ, मगर सांस्कृतिक परिवार दाङ, मगर महिला सेवा समिति र नेपाल मगर संघ दाङको संयुक्त आयोजनामा सो प्रतियोगीता हुने भएको हो । प्रतियोगीताको पहिलो चरण घोराही, तुलसीपुर र भालुवाङमा हुने छ भने दोस्रो चरण माघ ९ गते र अन्तिम चरण माघ १६ गते घोराहीमा हुनेछ ।

अन्तिम चरणको प्रतियोगीतामा सभामुख ओनसरी घर्तिको प्रमुख आतिथ्यमा हुने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुष दुवै समुहको छुट्टा छुट्टै भेषभुषा प्रदर्शन गरिने छ । कार्यक्रम संयोजक तथा मगर राष्ट्रिय मुक्तिमोर्चा दाङका अध्यक्ष कृतिमान पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रकाश पुनले स्वागत गर्नुभएको थियो भने सहजीकरण सुरज बुढामगरले गर्नुभएको थियो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.