ईन्द्रेणी सम्बाददाता
सप्तरी, २१ पुस
सप्तरीमा एक जना प्रहरी सहायक निरीक्षकको हत्या भएको छ । सप्तरीको बनैनियाँ स्थित प्रहरी चौकी झुटकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश सुब्बाको नचिनेका मान्छेहरुको समूहले गोली हानेर हत्या गरेको हो ।
गोली लागेर गम्भीर घाइते भएका सुब्बाको सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सुब्वालाई छाती र तिघ्रामा गोली लागेको सप्तरीका प्रहरी प्रमुख भिम ढकालले जानकारी दिनुभयो ।
गस्तीमा निस्केको वेला प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उहाँलाई गोली प्रहार गरेको ढकालले जानकारी दिनुभयो । ३५ बर्षका सुब्बा झापाको भद्रपुर नगरपालिका १० निवासी हुनुहुन्थ्यो । सुब्बाको हत्या भएपछि सप्तरीको भारतीय नाका र घटनास्थल वरिपरिका इलाकामा प्रहरीले अप्रेशन सुरु गरेको छ ।।