ताजा अपडेट

...


हप्ताको ८६ घण्टा बत्ती जाने



ईन्द्रेणी सम्वाददाता
दाङ, २० पुस
आजदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।यसअघि प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर हप्ताको ७७ घण्टा र्पुयाएको थियो ।

नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३र१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन ।

विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.