ताजा अपडेट

...


दुई बर्षमा तुलसीपुर नगरपालिका बालमैत्री हुने




ईन्द्रेणी सम्वाददाता
दाङ, २० पुस
अबको दुई बर्षमा तुलसीपुर नगरपालिकालाई बालमैत्री घोषणा गर्न अभियान सञ्चालन गरिने भएको छ । युनिसेफ र तुलसीपुर नगरपालिकाको सहयोगमा नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरले वाल श्रम तथा वाल संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।


अभियान अन्र्तगत नगरपालिका क्षेत्रमा वाल संरक्षणका सवालहरुको अवस्थाबारे जानकारी लिइने केन्द्रका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभयो ।वाल संरक्षण अन्र्तगत वाल श्रमिक, वाल विवाह र जन्मदर्ताको अवस्थाका बिषयमा नगरका विभिन्न क्षेत्रमा तथ्याङ्क संकलन गर्न लागिएको उहाँले वताउनुभयो ।

उच्च जोखिममा रहेकालाई तीन दिन भित्र, मध्ययम जोखिममा रहेकालाई दुई हप्ता भित्र र न्युन जोखिममा रहेकालाई एक महिना भित्र उद्धार गरिने भएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.