ताजा अपडेट

...


पुसमा १०६ महिला हिंसाका घटना




ईन्द्रेणी सम्वाददाता
काठमाण्डौ १३ माघ
पुस महिनामा एकसय ६ वटा महिला हिंसाका घटना भएका छन् । भौगोलिक अवस्थाका आधारमा सबै भन्दा बढी तराईमा ५२ प्रतिसत, पहाडमा ३३ प्रतिशत र हिमालमा १५ प्रतिसत महिला हिंसाका घटनाहरु पाइएको ओरेक नेपालले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ ।


महिला पुर्नस्थापना केन्द्र ओरेकले एक महिनाको मिडिया अनुगमन र आफ्नो संस्थामा आएका र अन्य गरी संकलन गरेको घटनाबारेमा ओरेकले मासिक प्रतिवेदन तयार पार्ने गरेको जनाएको छ । हिंसाको प्रकृति अनुसार ४६ प्रतिसत महिला र बालिका घरेलु हिंसाका शिकार भएका छन् ।

यस्तै १४ प्रतिसत भौतिक रुपमा पीडित, ११ प्रतिसत मानसिक रुपमा पीडित, ८ प्रतिशत बलात्कारको शिकार र ६ प्रतिसतको हत्या भएको पाइएको छ ।४ प्रतिसत महिला यौन हिंसाको शिकार, ३ प्रतिशतलाई बलात्कार प्रयास भने एक प्रतिसत बहुविवाह र बोक्सीको आरोप लगाइएको प्रतिवेदनमा उल्लेख छ ।।


।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.