ताजा अपडेट

...


आफै जुटे स्थानीय




ईन्द्र्रेणी सम्वाददाता
दाङ, माघ १३ 
दाङ तुलसीपुर शिखरकोलनीका स्थानीयहरुले आफ्नै लगानीमा गाँउमा नाला र सडक निमार्णमा गर्न थालेका छन । शिखरकोलनी सी टोलका स्थानीय बासीन्दाहरुले रकम संकलन गरेर नाला र सडक निमार्णमा जुट्ेका हुन ।


टोलवासीहरु मिलेर झण्डै ७ मिटर चौडाई र डेढसय मिटर लम्वाई सडक निमार्ण गर्न जुटेको स्थानीय घना अधिकारीले जानकारी दिनुभयो । ४५ घरधुरी रहेको उक्त टोलमा सवै मिलेर झण्डै ३ लाख रुपैयाँ जम्मा गरेको नाला तथा सडक निमार्ण समितिका अध्यक्ष अर्जुन भण्डारीले वताउनुभयो ।

नाला र सडकको निमार्ण कार्य शुरु भई सकेको भएपनि झण्डै ३ लाख रुपैया अपुग हुने भएपछि जिबिस, नगरपालीका, राजनीतिक दलहरुसंग सहयोगका लागी आग्रह गरिएको उहाँको भनाई छ । निर्माण कार्य अघि वढाउन अर्जुन भण्डारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.