ईन्द्रेणी सम्वाददाता
रुकुम, १४ माघ
रुकुममा गत माघ ४ गते भएको युवती हत्याको घटनावारे सत्यतथ्य अझै खुल्न सकेको छैन । खोलागाउँ–५ की १८ वर्षिया सुम्मिता शाहको अज्ञात समूहले हत्या गरेको थियो ।जिल्लास्थित मानवअधिकारकर्मी, पत्रकार महिलासहित अन्तरपार्टी महिला सञ्जालले घटनाबारे स्थलगत अनुगमन समेत गरेको थियो ।
स्थलगत अनुगमनपछि स्थानीय र प्रहरीको सहयोगमा मात्र घटना बाहिर ल्याउन सकिने अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष देवी ओलीले वताउनुभयो । हत्या भएको १० दिन वितिसक्दा समेत दोषिहरुलाई पक्राउ गर्न नसकिएको वताउने जिल्ला प्रहरीले अनुसन्धान जारी राखेको वताएको छ ।
घटनाका दोषिहरु लुकेर बसेकाले स्थानीयको सहयोग र प्रहरीको गहिरो अनुसन्धान हुनुपर्ने महिला अधिकारकर्मीको माग छ । घर देखी केहि टाढा लगेर हत्या गरिएको उक्त घटना रहस्यमय वन्दै गएको छ ।।




