ताजा अपडेट

...


महोत्सवले कारोवार वढायो




देउखुरी, १३ माघ
देउखुरी कृषि तथा ब्यापारीक महोत्सवमा स्थानीय ब्यापारीहरुले उत्पादन गरेका सामाग्रीहरुको पनि राम्रो ब्यापार भएको छ । लमहीका मुक्त कमलहरी आशा चौधरीले देउखुरी कृषि तथा ब्यापारीक महोत्सवमा ६० हजार रुपैयाँको अचार वित्रmि गरिसक्नुभएको छ ।

लावाजुनी अचार स्टोरको नामवाट उहाँले गाउँ घरमै पाईने आँप खुर्सानी, गाँजर, अमलाको अचार वनाएर महोत्सवमा विक्रिका लागी राख्नु भएको हो । यस्तै वेदवाँसवाट वनेका राम्री विक्रि गरेर कन्ह्यैया चौधरीले १ लाखको कारोवार गर्नुभएको छ 

द्धन्द्ध तथा हिंसा पिडित महिलाहरुले पनि अल्लो वाट वनेका कपडा, जुत्ता, टोपी लगाएतका सामान महोत्सवमा राखेका छन् । महोत्सवमा सामान राखेर कारोवार भन्दा पनि प्रचार वढी भएको प्रभा वलीले वताउनु भयो । उहाँका अनुसार महोत्सवमा २५ हजार वढीको कारोवार भएको छ । महोत्सवमा २ सय वढीले खाता खोलेका वैंकले जनाएको छ । देउखुरीको लमहीमा आयोजना गरिएको महोत्सवले आर्थिक कारोवार वढाएको छ ।।

दुई करोड रुपैयाँको कारोवार हुने लक्ष्य सहीत आयोजना गरिएको महोत्सवमा एक करोड ६० लाखको कारोवार भएको लमही जेसीजका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनुभयो । महोत्सवमा कृषि र ब्यापारीक गरी ३ सय स्टल राखीएका थिए । देउखुरी महोत्सवको आज समापन गर्ने कार्यक्रम छ । महोत्सवको अन्तिम दिन आज गायक मिलन लामा आउने आयोजकले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.