ताजा अपडेट

...


आधारभुत सेवा सुबिधाको माग




ईन्द्रेणी सम्वाददाता
घोराही, १५ माघ

दाङका पहाडी गाविसका नागरिकहरुले आधारभुत सेवा सुबिधाको माग गरेका छन् । पहाडि गाबिस काभ्रे, लोहारपानी, हाँसीपुर र लक्ष्मीपुर ५ का नागरिकहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिद्युत र सुरक्षाको भरपर्दो व्यवस्था गर्न स्थानिय निकाय सँग माग गरेका हुन् ।

न्यूनतम सेवा सुविधा पनि प्राप्त गर्न नसकेको भन्दै त्यस क्षेत्रका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, स्थानिय बिकास अधिकारी रमेश गौतम, प्रहरी प्रमुख कुबेर कडायत सँग आधारभुत सेवा सुबिधा बढाउन माग गरेका हुन् ।

लक्ष्मीपुर गाबिस भवनमा आयोजना गरिएको इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी र प्रहरी प्रमुख समक्ष नागरिकहरुले राज्यले प्रदान गर्ने सेवा सुबिधा बढाउन माग गरेका हुन् ।

अहिले पनि भरपर्दो सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत, सञ्चार र सडकको पहुँचमा आफुहरु नभएको भन्दै नागरिकहरुले आबस्यता र जनताको माग अनुसारको योजनाहरु छनोट गर्न पनि आग्रह गरेका छन् । उच्च शिक्षा पढ्न सदरमुकाम घोराही आउनु पर्ने, पानीको स्रोत बचाउन लगानी नभएको, सबै ठाउँमा बिद्युत बिस्तार नभएको, प्रहरीको चौकी थोरै र जनशक्ति कम भएको, सडक सञ्जाल दिगो नभएको भन्दै त्यस भेगका नागरिकहरुले आबस्यकता अनुसारको योजनालाई छनोट गर्न र विकासमा ध्यान दिन काभ्रेका केदार पौडेलले माग गर्नुभयो ।

नागरिकहरुको जवाफमा प्रमुख जिल्ला अधिकारी काफ्ले, स्थानिय विकास अधिकारी गौतम र प्रहरी प्रमुख कडायतले जनताको माग र आबस्यताको पहिचान गरि सेवा विस्तार र बिकासमा आफुहरुले पनि ध्यान दिने बताउनुभयो ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.