अखिल क्रान्तिकारी दाङको तीन ’स’ अभियान
रेखा मगर
दाङ, ९ माघ
बिप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले संगठनको तीन ’स’ अभियान जारी राखेको जनाएको छ । अभियान अन्तर्गत सदस्यता वितरण, संगठन विस्तार र संघर्षका कार्यक्रम गर्दै आएको सो संगठनले जनाएको छ । साथै अखिल क्रान्तिकारीको यहि माघ १५ गते घोराहीमा हुन लागेको २१ औं जिल्ला सम्मेलनका लागी पनि तयारी तिब्र पारेको छ ।
नजिकिदै गरेको जिल्ला सम्मेलनको तयारीको लागि नायणपुरमा रहेको सिद्धरत्ननाथ उच्च माबिमा मुल इकाई भेला गरिएको छ । भेलाले चेतन केसीको अध्यक्षमा २७ सदस्यीय मुल इकाई समिति गठन गरेको संगठनका जिल्ला अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा शुभाष पोख्रेल, गंगा चौधरी, सचिवमा झपेन्द्र सुनार, सहसचिवमा उज्वल श्रेत्री, पुजा बुढाथोकी र कोषाधक्षमा सुष्मा केसी रहनु भएको छ । प्रतिगामी संविधान र रास्ट्रघातको विरुद्ध एकीकृत जनक्रान्तिको अभियान, जनशिक्षा र राष्ट्रियताको पक्षमा २१ औ दाङ्ग जिल्ला सम्मेलन’ भन्ने मुल नाराका २१ औं जिल्ला सम्मेलनको तयारी अघि वढाईको शाहीले वताउनुभयो ।।




