ताजा अपडेट

...


साक्षर जिल्ला घोषणाको तयारी



ईन्द्रेणी सम्वाददाता
जाजरकोट, ९ माघ

जाजरकोटलाई साक्षर जिल्ला घोषणा गर्नको लागी तयारी अन्तिम चरणमा पु¥याईएको छ । अधिकांस गाविसहरु साक्षर गाविस घोषणा भईसकेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न  अन्तिम तयारी थालिएको हो ।

अधिकांश गाविसहरुलाई साक्षर घोषणा गरिएको र वाँकी गाविसहरुलाई पनि यही माघ १५ गते भित्र साक्षर घोषणा गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ३० गाविस रहेको जाजरकोटमा टालेगाउँ, लहँ, डाडाँगाउँ र खगेनकोट गाविस मात्र साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

माघ महिना भित्रै साक्षर जिल्ला घोषणा गर्ने गरी तयारी अघि वढाईएको जिल्ला शिक्षा अधिकारी विष्णु नारायण श्रेष्ठले जानकारी दिनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.