ताजा अपडेट

...


घोराही खानेपानीको निर्वाचन सुरु




शम्भु नेपाली
दाङ ९ माघ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागी आज निर्वाचन सुरु भएको छ । घोराही नगरपालीकाको शभाहलमा बिहान ९ बजे देखी सुरु भएको मतदान साँझ ४ बजे सम्म चल्ने निर्वाचन अधिकृत रेबतीरमन भट्टराइले जानकारी दिनु भएको छ ।

निर्वाचनमा पुरानो संयुतm र स्वतन्त्र गरी दुइ वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । संयुतm प्यानलको तर्फबाट अध्यक्षमा बर्तमान अध्यक्ष देबीबहादुर डिसीको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्षमा वलदेब योगी, सचिबमा गोबिन्दप्रसाद सर्मा,कोषाध्यक्षमा परशुनारायन श्रेष्ठ(दिनेश), त्यस्तै महीला सदस्यहरुमा निरजा पोख्रेल,मोहनीदेबी डाँगी शारदा देबी थापा रहनु भएको छ ।

त्यस्तै खुल्ला सदस्यहरुमा दिपक कुमार श्रेष्ठ र पदमप्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ । संयुतm प्यानललाइ जिताउन आग्रह गर्दै नेपाली काङग्रेस,नेकपा एमाले,एकीकृत नेकपा माओबादी,नेकपा का्रन्तिकारी माओबादी,राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रि«य जनमोर्चा लगाएतका राजनितीक दलहरुले समर्थन गरेका छन् । त्यस्तै राप्रपा नेपालले अध्यक्ष पदका लागी छबि नारायण डिसीलाई समर्थन गरेको छ । भने स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका लागी तारा प्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ । जसको उपाध्यक्षमा  गौरीशंकर श्रेष्ठ, सचिबमा सुमन सर्मा,कोषाध्यक्षमा ध्रुब केसी, महीला सदस्यका लागी रेखा रोका क्षेत्री र दिपक रोकामगर, पुरुष सदस्यका लागी सुनिल कुमार रेग्मी, दीपक कुमार श्रेष्ठ, धनपती सर्मा,नरबहादुर बुढाथोकी,राकेशकुमार पाण्डे,धर्मेन्द्र श्रेष्ठ र पदमप्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ । साथै संस्थाको छैठौँ अधिवेसनले तीन वर्षको लागी नयाँ नेतृत्व  चयन गर्ने बताइएको छ । हाल संस्थाको निर्वाचनमा मतदान गर्नेको संख्या ४ हजार ७ सय रहेको छ । भने खानेपानी उपभोक्ताहरु ५ हजार ५ सय २५  रहेको र दैनिक ३२ लाख लिटर पानी खपत हुँदै आएको बताइएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.