ताजा अपडेट

...


घोराही नगरपालीकाले १५ गते स्थापना दिवस मनाउने



 शम्भु नेपाली
दाङ्ग, ८ माघ । घोराही नगरपालीकाले आफनो ३७ औं स्थापना दिवस यही माघ १५ हुने मनाउने भएको छ । माघ १४ गते सांगीतीक कार्यक्रम र १५ गतेको दिन बिशेष कार्यक्रमका साथमा स्थापना  दिबस मनाउने निर्णय भएको निमित्त कार्यकारी अधिकृत तथा इन्जिीनीयर रामधन श्रेष्ठले जानकारी दिनु भएको छ ।

 आफनोे स्थापना दिवसको अबसरमा बृद्ध बृद्धाहरुलाइ सम्मान,लोकगीत नृत्य प्रतियोगीता र दाङ्गमा गत वर्ष सामुदायिक बिद्यालयबाट एस.एल.सी परिक्षामा उत्कृट भएकालाइ सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । 
साथै स्थापना दिवसको अबसरमा माघ १४ गते बिहान ११ बजे देखी बिशेष सांगीतीक कार्यक्रम अन्तर्गत अन्तर विद्यालय लोकगीत नृत्य प्रतियोगीता आयोजना गरिएको निमित्त कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनु भएको छ ।
 बढीमा १४ जना सम्म सहभागी हुने नृत्य प्रतियोगीतामा प्रथम,द्धितीय र तृतीय हुनेलाइ नगद रकम क्रमशः रु ७ हजार, रु ५ हजार ५ सय, रु ३ हजार र प्रमाणपत्रले सम्मान गरिने उहाँले जानकारी दिनु भएको छ । प्रतियोगीतामा सहभागी हुनका लागी माघ १३ गते साँझ ४ बजे सम्म नाम टिपाउन सकिने बताइएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.