ताजा अपडेट

...


साक्षर घोषणा भए पनी निरक्षरहरु भेटिए




शम्भु नेपाली

दाङ, २९ पुस
दाङको धर्ना गाविसमा रहेको एक दलित वस्तीमा प्रोढ कक्षा सन्चालन गरिएपनि निरक्षरहरु रहेका छन । धर्ना ५ बसन्तापुर स्थित दलित बस्तीमा प्रौढ कक्षा सन्चालन हुँदा पनि साक्षरहरुको संख्यामा बृद्धि हुन नसकेको हो ।


दाङ जिल्लालाई पूर्णसाक्षर जिल्ला घोषणा गर्ने उद्देश्य अनुरुप उक्त गाँउमा पनि प्रौढ कक्षा सन्चालन गरिएको भए पनि हाल सम्म कुनै परिबर्तन नदेखिएको स्थानीय आशा नेपालीले वताउनुभयो । दलित जातीको मात्र बसोबास रहेको उक्त बस्तीमा १४ जना भन्दा बढि निरक्षर रहेको उहाँले वताउनुभयो ।

साक्षर बन्नु पर्छ भन्ने जनचेतना नभएकाले पनि ब्यवहारिक रुपमा साक्षर हुन नसकेको उहाँले वताउनुभयो । उमेर ढल्कीदै जाँदा किताब बोकेर पढन् जान लाज मान्ने र अनिबार्य रुपले पढनै पर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन ।

साथै प्रौढ शिक्षा अध्ययन गरेकाहरुमा पनि घरायसी काममा ब्यस्त हुने र ब्यवहारमा प्रयोग नगर्दा भुल्दै जाने समस्या रहेको स्थानीय शम्भु नेपालीले जानकारी दिनुभयो । सामाजिक, आर्थिक तथा शैक्षिक रुपले पछाडी परेको उक्त दलित बस्तीमा जनचेतनाको कमी रहेको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.