ताजा अपडेट

...


गुडिरहेको बसवाट खस्दा एकको मृत्यु



ईन्द्रेणी सम्बाददाता
रोल्पा, २९ पुस
रोल्पाको नुवागाउँमा गुडिरहेको बसवाट खसेर एक जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पा घर्तीगाउँका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बसको ढोकाबाट खसेर कोर्चाबाङ–३ का १७ वर्षका गोबिन्द पुनको ज्यान गएको हो ।

पुन नुवागाउँ–२ भाङगोबारीमा बसको ढोकाबाट खसेर घाइते भएका हुनुभएको थियो । पुनको उपचारका क्रममा राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ । बस र चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.