ईन्द्रेणी सम्वाददाता
दाङ, ३० पुस
दाङमा अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारवाट एक युवकको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । वजारमा घर ढलानको मजदुरी गरेर घर फर्किदै गरेका ५ युवाहरुमाथि गएराति तुलसीपुर नगरपालिका ११ बटलपुरमा आक्रमण भएको थियो ।
आक्रमणवाट बटवलपुरका २५ वर्षिय श्रीजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, २५ वर्षिय बिजय चौधरी, ३५ वर्षिय गोपीलाल चौधरी, २२ वर्षिय गौरव चौधरी र १८ वर्षिय कविराम चौधरी आक्रमणवाट घाईते हुनुभएको छ ।
तरवार, खुकुरीको आक्रमणवाट घाईते भएका श्रीजनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईप्रका तुलसीपुरले जनाएको छ । घाईतेमध्य १ जनाको राप्ती अञ्चल अस्पताल र अन्य ३ जनाको कोइलपुरमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । घटनामा संलग्नहरुको खोजी भईरहेको छ ।।




