शम्भु नेपाली
दाङ, ५ माघ
यहि माघ ९ गते हुने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनका लागी चुनावी सरगर्मी वढ्न थालेको छ । निर्वाचनको मिती नजिकिदै गर्दा प्रतिस्पर्धी उम्मेदवारहरु आ–आफनो प्यानल बनाएर उपभोक्ता सम्म जान थालेका छन । नयाँ नेतृत्व चयनका लागी संयुतm र स्वतन्त्र गरी दुइ वटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन ।
संयुतm प्यानलको तर्फबाट अध्यक्षमा बर्तमान अध्यक्ष देबीबहादुर डिसी, उपाध्यक्षमा वलदेब योगी, सचिबमा गोबिन्दप्रसाद शर्मा र कोषाध्यक्षमा परशुनारायन श्रेष्ठ (दिनेशले उम्मेद्धारी दिनुभएको छ । त्यस्तै महिला सदस्यहरुमा निरजा पोख्रेल, मोहनीदेबी डाँगी शारदा देबी थापाले उम्मेद्धारी दिनुभएको छ भने खुल्ला सदस्यहरुमा दिपक कुमार श्रेष्ठ र पदमप्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।
यसैगरी स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका लागी छबि नारायण डिसी र तारा प्रसाद अधिकारी, उपाध्यक्षमा गौरीशंकर श्रेष्ठ, सचिबमा सुमन शर्मा र कोषाध्यक्षमा ध्रुब केसीको उम्मेद्धारी परेको छ । यसैगरी महिला सदस्यका लागी रेखा रोका क्षेत्री र दिपक रोकामगर, पुरुष सदस्यका लागी सुनिल कुमार रेग्मी, दिपक कुमार श्रेष्ठ, धनपती सर्मा, नरबहादुर बुढाथोकी, राकेशकुमार पाण्डे, धर्मेन्द्र श्रेष्ठ र पदमप्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ ।।




