ईन्द्रेणी सम्बाददाता
जाजरकोट, ४ माघ
जिल्ला कारागार जाजरकोटमा रहेका कैदीहरुलाई घरेलु कपडा वुन्नका लागी तानको समस्या भएको छ । सिप विकास तालिम लिई सकेका कैदीहरुलाई आर्थिक श्रोत नभएपछि आफैले किनेर तान प्रयोग गर्न सक्ने अवस्था छैन । लिउँ, कम्मलहरु वुँनेर दिन विताई रहेका केही कैदीहरुले घरेलु कपडाहरु वुन्नको साथै कपडा सिलाईको काम समेत थालेका छन् ।
लिउँ, कम्मल, फेरुवाको साथै ढाँका, सौल, टोपी लगाएतका विभिन्न कपडाहरु उनीहरुले बुन्न थालेका छन । तर कपडा वुँन्नलाई तानको भने निकै समस्या भईरहेको छ । वुट्टावाला ढाँका वुँन्नलाई मजवुत तान नहुदा समस्या भएको कैदी छक्क बहादुर सिंहको भनाई छ ।
ढाँका वुँनेर जेल कारागारवाटै जिल्लाको मौलिक पहिचान दिने आफ्नो सोच रहेको भन्दै कैदीहरुले आफुहरुको लागी वाहिरवाट तान निर्माण गरेर पु¥याईदिने कुनै निकाय नभएको गुनासो गरेका छन । घरेलु तथा साना उद्योग विकास समितिले गतवर्ष १० जना कैदीलाई तीन महिने ढाँका वुनाई तालिम दिएको थिजयो । तालिमपछि कैदीहरुमा केही गर्नु पर्छ भन्ने भावना जागृत भएको छ ।।