दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगले उत्पादन गर्ने ओपिसी सोना सिमेन्ट गुणस्तरहिन भएको पाइएको छ ।
सिमेन्ट गुणस्तरहिन भएको पाइएपछि निर्माण गरिएका घरहरु धमाधम भत्काइएको छ । घरका ढलान सेट नभएपछी दाङको तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरि निर्माण गरेका घर घरहरु भत्काइएको हो ।
तुलसीपुरको नयां बसपार्कमा घर बनाइरहेका भागिराम डांगीले सोना सिमेन्ट प्रयोग गरी गरिएको घरको ढलान दुई दिन सम्मपनि सेट नभएपछी ढलान भत्काएर पुर्ननिर्माण थालिएको बताए ।कयलब अझभलत
गत पुस १५ गते गरिएको डागीको घरको ढलान १७ गते सम्म सेट (जाम) नभए पछि पाँच कोठे नवनिर्मीत घरमा गरिएको ढलान फोडेर पुर्ननिर्माण गरिएको थियो । ‘ धेरै ठाउमा ढलान भत्किएपछि पुरै ढलान भत्काइएको छ’ डाँगीले भने । यस्तै डांगीको घर निर्माणमा संलग्न रामशरण चौधरीले पनि सोना सिमेन्टले गरिएको ढलान सफल नभएकाले भत्काउनु परेको प्रतिक्रिया दिए ।
उनले भने,‘सोना सिमेन्ट हालेर ढलान गरेका थियौं । तर,सेट भएन । फर्मा खोल्दा पानी सहित गिट्टी बालुवा र सिमेन्ट भ्वाक्क– भ्वाक्क खस्यो । ढलानले पानी नै सोसेन । अनि पुरै ढलान फोड्नु प¥यो ।’
डांगीले सोना सिमेन्ट प्रयोग गरी बनाएको आफ्नो घर गुणस्तरहिन सिमेन्ट परेका कारण भत्काएर फेरी बनाउनु परेको बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघ नजिकै बसन्त खड्काको सोना सिमेन्ट प्रयोग गरी निर्माणाधिन घरको पनि ढलान पनि भागिराम डांगीको जस्तै गरी भत्कीएको छ । खड्काले सोना सिमेन्टले काम नगरेपछी ढलान भत्काएर सगरमाथा सिमेन्ट प्रयोग गरेको बताए । यद्यपी उनले सोनापुर सिमेन्ट उद्योगले आफूलाई क्षतीपूर्ती दिएको जानकारी दिए । खड्काले क्षतीपूर्ती बापत पाएको रकम भने खुलाएनन् ।
सोना सिमेन्ट पीडीत सबै घर धनिले सिमेन्ट गुणस्तरहिन भएको कुरा सोनाको तुलसीपुरस्थित डिलरमा जानकारी गराएका थिए । सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक भएपछी उद्योगमा हल्लीखल्ली मच्चिएको थियो ।
सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक हुन नदिन उद्योगले सोना सिमेन्ट पीडीतहरुलाई मोटो रकम दिएको छ । सिमेन्ट उद्योगका नायब महाप्रबन्धक रेवन्त ढकालले सोना सिमेन्टले ढलान सेट नभएपछी पीडीतलाई लागत मूल्यभन्दा ५ गुणा भन्दा बढी रकम उद्योगले क्षतीपूर्ती दिएको स्वीकार गरे ।
उनले तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरेका घरमा समस्या आएकाले धेरै रकम तिर्नु परेको बताए ।
ढकालले सिमेन्ट गुणस्तरहिन भएको स्वीकार्दै सकेसम्म यस्तो कुरा सार्वजनिक नगरिदिन आग्रह गरे ।
ठुलो मात्रामा सिमेन्ट किनेकालाई उद्योगले क्षतीपूर्ती दिए पनि थोरै खदि गरेकालाई भने बेवास्ता गरेको पाइएको छ । रातोपाटीमा खबर छ ।