ताजा अपडेट

...


बाह्र्रकुने दह मन्दिरमा सरसफाई



ईन्द्रेणी सम्बाददाता
दाङ, २५ पुस
दाङको घोराही ८ मा रहेको पर्यटकीय तथा धार्मीक स्थल बाह्रकुने दह मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । माघ १ गते माघेसक्रान्तीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै मन्दिर परिसरमा सरसफाई गरिएको हो ।


सामुदायीक प्रहरी सेवा केन्द्रको आयोजना तथा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, मन्दिर व्यवस्थापन समिति लगायतको सहभागीतामा सरसफाई गरिएको थियो । केन्द्रको सरसफाई अभियान कार्यक्रम अन्तर्गत मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

केन्द्रका अध्यक्ष बिष्णु पुनको अध्यक्षता एवम् बराह क्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मीक समितिका अध्यक्ष गिरबहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको हो सो अवसरमा सहभागिहरुले मन्दिरको संरक्षण र प्रबद्र्धनका लागी सरसफाई अभियानलाई व्यापक बनाउन आबश्यक रहेको धारणा राखेका थिए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.