दाङ २६ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले असाधारण अवस्था ब्यहोर्नु परेको प्रति चिन्ता ब्यक्त गर्दै यसलाई अबसरका रुपमा लिनु पर्ने पनि बताए । क्रान्तिकारी पत्रकार संघ दाङको आईतबार घोराहीमा तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अब देशलाई पुर्ननिर्माण र आत्मनिर्भरताको बाटोमा लैजाने प्रतिबद्धता जनाए ।
‘भूकम्प गयो, ठूलो क्षति भयो यहि बेला छिमेकीले नाकाबन्दी गरे यो देशकालागि असाधारण परिस्थिति हो उनले भने, ‘यसले भूकम्प पीडितलाई राहत, पुर्ननिर्माण, समग्र देशको नबनिर्माण र आत्मनिर्भर बन्ने बाटो पहिल्याउनु पर्ने शिक्षा पनि पाइयो ।’
उनले यो संविधान विश्वकै उच्च कोटीको र दक्षिण यशियाको सर्बश्रेष्ठ संविधान भएको पनि दाबी गरे । यति समावेशी, समानुपातिक र जनतालाई अधिकार दिएको संविधान दक्षिण यशियामा त छदैछैन विश्वमा पनि कमै छन– उनको भनाई थियो ।
यसैगरी उनले संविधान संसोधन मार्फत मधेसी, थारु लगाएतका केहि नेपालीले उठाएको माग सम्बोधन गर्ने र कुटनैतिक पहल मार्फत नाकाबनदी खोलेर नेपालीको शिर उँचो नै हुनेगरी समस्याको निकाश दिने पनि बताए । केहि समय भित्रै देशले निकास पाउने र संविधानको कार्यान्वयन सँगै देशमा बिकासले गति लिने उनको भनाई छ ।
‘संविधान कार्यान्वायन र अग्रगमनका लागि हाम्रो अभियान ः प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षको तेस्रो जिल्ला सम्मेलन’ भन्ने नारासहित भएको सम्मेलनले डिल्ली मल्लको अध्यक्षतमा दुई सदस्य पछि थप्ने गरी १५ सदस्यिय नयाँ कार्यसमिति पनि चएन गरेको छ । जसको उपाध्यक्षमा दिवाकर पोख्रेल, सचिबमा पाण्डब शर्मा, सहसचिबमा जनक नेपाली र कोषाध्यक्षमा केशरमान बिसी रहेका छन । त्यस्तै सदस्यहरुमा युगराज पोख्रेल, गिरिराज नेपाली, दिपक बोहरा, शान्त बुढा, सुशिला ओली, राकेश बस्नेत, उदय बिसी र तुलसिराम ओली चयन भएका छन ।