ईन्द्रेणी सम्वाददाता
दाङ, २७ पुस
दाङका यात्रुबाहक गाडिहरुमा सिट आरक्षण कोटा लागु हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवै यात्रुवाहक गाडिहरुमा आरक्षण कोटा लागु गर्ने तयारी गरेको हो । यसैक्रममा जिल्लामा चल्ने गाडिहरुमा सिट आरक्षण लागु भए नभएको बारे आज अनुगमन गरिएको छ ।
अधिकाशं सवारीसाधनका सिटहरुमा महिला, अपाङग, जेष्ठ नागरिक लेखिएपनि कार्यान्वयन नभएको पाईएको छ । यसैबिच सवारी साधनहरुमा सिट आरक्षण लागु नगरिए ट्राफिकले जरीबाना सहित सचेत पार्ने बताएको छ । आज मात्रै दुई दर्जन बढि सवारी साधनमा सिट आरक्षण लेखिएको छ ।
ट्राफिक, सामुदायीक प्रहरी सेवा केन्द्र, यातायात व्यवसायीको सहभागीतामा सिट आरक्षण तोकिएको हो । जिल्लामा सवारी दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक नियम पालना गर्न सवारी चालकहरुलाई ट्राफिकले आग्रह गरेको छ ।
बसपार्कमा भएको कार्यक्रममा ट्राफिक प्रमुख अरुणकुमार सिंह, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु पुन, राप्ति अञ्चल सार्वजनिक यातायात व्यवसायी समिती घोराही शाखा प्रमुख मानकुमार राणा लगाएतले वोल्नुभएको थियो ।।