ताजा अपडेट

...


चालक अनुमतिपत्रको आवेदन फारम खुला



ईन्द्रेणी सम्बाददाता
दाङ २७ पुस
विगत लामो समयदेखि खुल्न नसकेको सवारी चालक अनुमति पत्रको आवेदन फारम खुलेको छ । राप्ती अंचल यातायात व्यवस्था कार्यालय तुलसीपुरले ६ महिना पछि सवारी चालक अनुपतिपत्रको आवेदन आज देखि खुल्ला गरेको छ ।


पहिलो पटक साना सवारी साधन मोटरसाइकल र स्कुटिको लागि चालक अनुमति पत्रको आवेदन खुल्ला गरिएको कार्यालय प्रमुख अचुत दाहालले जानकारी दिनु भएको छ । पुसको २७, २८ र २९ गते आवेदन खुल्ला गरिएको कार्यालयले जनाएको छ ।

पहिलो पटक साना सवारी साधनको आवेदनखुल्ला गरेको भन्दै विस्तारै ठुलो सवारी साधनको आवेदन पनि खुल्ला गर्ने उहाको भनाई छ । विगत एक वर्षैदेखि कार्यालय प्रमुखनहुदा राप्तीमा सवारी चालक अनुमतिपत्रको आवेदन बन्दभएको थियो तर साउन महिनामा भने एक लट सवारी चालक अनुमति पत्रखुलेपनि हाल भने वन्द थियो ।

सवारी चालक अनुमतिपत्र लामोसमयसम्म नखुल्दा राप्तीका सल्यान, रुकुम, रोल्पा प्यूठान र दाङका नयाँ सवारी चालकहरु मर्कामा परेका थिए ।उनीहरुले सवारी किनेपनि चालक अनुमतिपत्रको अभावमा सवारी चलाउनवाट वन्चीत भएका छन ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.