ताजा अपडेट

...


विधुत ट्रान्सफर्मर जडान नहुँदा अन्धकारमा स्थानीय



शम्भु नेपाली
दाङ्ग, २७ पौष । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस अन्तर्गत पर्ने गुन्डले,अमुवा र छोटेगाउँका बासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन् । घरमा सोलार बत्ती जडान गरेकालाइ त्यती धेरै समस्या नभएता पनि सोलार नभएकाहरुलाइ भने निकै समस्या देखिएको छ ।


आज भन्दा करिब चार वर्ष पहीले गाउँमा विधुत लाइन बिस्तार गर्नको लागी विधुतपोल संगै तार पनि जडान भएकाले छिट्टै ट्रान्सफर्मर आउने आशामा खुसि भएका उक्त तीन गाउँका बासिन्दाहरु अहीले भने निरास देखिएका छन् ।
स्थानिय समाजसुधार युवा क्लबका अध्यक्ष नेत्र बहादुर बुढामगरले “अबको केही दिनमा ट्रान्सफर्मर जडान हुन्छ भन्ने कुरा सुने पछि करिब ६ महिना पहीले नै गाउँका लगभग २५० घरपरिवारले विधुत वायरिङको काम गरिसकेको बताउनु भएको छ । उहाँका अनुसार केही महीना पहीले मिटरबक्सको लागी नेपाल बिधुत प्राधिकरण शाखा कार्यालय तुल्सीपुरमा निबेदन दिए पनि हाल सम्म उक्त मिटरबक्स र ट्रान्सफर्मर उपलब्ध नभएको बताउनु भएको छ ।


यस बारेमा नेपाल विधुत प्राधिकरण शाखा कार्यालय दाङ्गका कार्यालय प्रमुख टंकराज गिरीले “टान्सफर्मरको लागी आवस्यक बजेट उपलब्ध नभएकाले र देशमा भइरहेको नाकाबन्दीको कारणले पनि काम पुरा गर्न ढिलो भएको बताउनु भएको छ । साथै उहाँले गत श्रावन महीनामा मिटरबक्सको लागी आबेदन दिएकाहरुलाइ छिट्टै मिटरबक्स उपलब्ध गराउने काममा आफुहरु लागी परेको कार्यालय प्रमुख गिरीले बताउनु भएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.