ईन्द्रेणी सम्वाददाता
जाजरकोट, ३ माघ
जाजरकोटमा १० वर्षे द्धन्द्धका कारण प्रभावित भएको विद्यालयको भवन पुननिर्माण गरिएको छ । जिल्लाको लहँ गाविस ८ लविसामा रहेको गणेश प्राथमिक विद्यालय द्धन्द्धकालमा प्रभावित भएको थियो । जिर्ण अवस्थामा रहेको विद्यालय भवनलाई लामीपाखा सामुदायिक संस्थाको सहयोगमा पुर्ननिर्माण गरिएको हो ।
गरिवी निवारण कोषको आर्थिक १८ लाख ३५ हजार ३ सय ३ रुपैँया र ७ लाख ७७ हजार २ सय ५१ वरावरको स्थानीयको श्रमदानमा विद्यालय भवन निर्माण गरिएको लामीपाखा सामुदायिक संस्थाका अध्यक्ष चन्द्र बहादुर दमाईले जानकारी दिनुभयो । भौगलिग विकटता, दुर्गम गाउँमा रहेको विद्यालय भवन निर्माण भएपछि अव वालवालिकाहरुले राम्रोसंग पढ्न पाउनेछन ।
२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा २०५५ साल जेठ महिनामा प्रहरीले चलाएको गोली लागेर ८ जनाले ज्यानको ज्यान समेत गएको थियो । द्धन्द्धकालमा एक जना विद्यालय व्यवस्तापन समितिका सदस्य, ३ शिक्षक, ३ अभिभावक र एक जना ग्रामिण स्वास्थ्य कार्यकर्ताको ज्यान गएको थियो ।।