इन्द्रेणी सम्बाददाता
दाङ २२ मङ्सिर । नेकपा क्रान्तिकारी माओबादीका सचिव देब गरुङले नेपालको राष्ट्रिय र स्वाधिनताको रक्षा कम्युनिष्ट पार्टीले मात्र गर्ने बताउँनु भएको छ । नेकपा क्रान्तिकारी माओबादीले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो । सच्चा राष्ट्रिबादी, देशभक्त नेपालका कम्युनिष्ट पार्टीहरु बिच ध्रबी करणको आबश्यकता रहेको भन्दै त्यसका लागि पार्टीले प्रयास थालेको बताउँनु भयो । नेपालका कम्युनिष्ट पार्टी बिच एकता नभए नेपालको अस्तीत्व गुम्ने खतरा भएको बताउँदै सचिब गुरुङले मुलुक बिखण्ड जान थालेकोले त्यसबाट बचाउँन पर्ने धारणा राख्नुभयो ।
नयाँ संबिधानले जनताका अधिकारलाई बिस्थापित गरेको उल्लेख गर्दे प्रमुख अतिथी गरुङले संबिधान निलम्बन र संसद बिघटन गरेर भएपनि मधेसबादी दलहरु संग सहमति गर्नुपर्ने बताउँनुभयो । मधेसको आडमा भारतले नेपाल माथी नाकाबन्दी गरेको उल्लेख गर्दे तत्काल नेपालका सम्पूर्ण दल एक भएर भारतसंग भएको असमान संन्धी सम्झौताहरु खारेज गर्नुपर्ने बताउँनुभयो । खुला सिमाना राखेर जनसख्याका आधारमा निर्वाचन क्षेत्र दिए नेपाललाई ठुलो घाटा लाग्ने बताउँदै अंकृत नागरिका भएका मधेसी दललाई नेपालको कुनैपनि निकायमा समाबेस गर्नु नहुने बताउँनुभयो ।
नेपालमा राजनैतिक स्थिरता कायम रहे राजतन्त्र फर्कन सक्ने बताउँदै सबै नेपालीले नाकाबन्दीको अबस्थामा आत्म निर्धरताको बाटो अपनाउँनु पर्ने उल्लेख गर्नुभयो । त्यसकारण समानुपातिक समाबेसीको कुरालाई राज्यले ध्यानदिनु पर्ने बताउँनुभयो । सचिब गुरुङले मधेसबादी दलसंग केही प्रबिधिक कुरामा मात्र मतभेद रहेको बताउँदै त्यसको तत्काल समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन पश्चिम मगराज राज्य समितिका संयोजक पुर्ण घर्ति ‘आयाम’ ले गर्नुभएको थियो ।





